Sorry, that menu does not exist.
 

बागलुङमा चुनावी तयारी तीब्र, उम्मेदवारको सुरक्षमा प्रशासन गम्भीर !

खगेन्द्र विश्वकर्मा बागलुङ २०७४ कात्तिक १३ । निर्वाचन कार्यालय बागलुङको कार्यक्रममा बोल्दै प्रजिअ विष्णुबहादुर थापाले बागलुङमा चुनावी तयारी तिब्र रहेको बताएका छन् ।

सोमबार बागलुङमा निर्वाचन र संचार बिषयक प्रशिक्षण कार्यक्रममा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी थापाले निर्वाचन निर्धारित समयमै हुने बताए ।

निर्वाचन सम्पन्न गर्नको लागि ८ सय ९१ म्यादी प्रहरी भर्ना गरेको, आवश्यक कर्मचारीको नामावली, क्षेत्रिय सुरक्षा गोष्टि, जिल्लामा संवेदनशील क्षेत्रमा मौसमी समस्या लगाएत दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था ३५ जना सशस्त्र प्रहरी लगाएतका तयारी तिव्र रहेको बताए ।

सोमबारबाटनै जिल्लाका उम्मेदवारहरुको सुरक्षाको लागि दैनिक फोन सम्पर्क गर्ने कार्य थालनी भएको बताउदै प्रजिअ थापाले निर्वाचन नमुना मतपत्र सहितको तालिम प्रत्येक वडामा संचालन गरिने अनुगमन गरिने बताए । निर्वाचन आचार संहिता पालना नगरेमा कारबाही गरिने पनि उनले बताए ।

कार्यक्रम उत्घाटन पछि निर्वाचन र संचार बिषयक प्रशिक्षण जिल्ला निर्वाचन अधिकारी विकास शर्मा ,पत्रकार राम थापा अविरल, गणेश चन्द्र पौडेलले प्रशिक्षण दिएका थिए भने प्रशिक्षणमा जिल्लाका २५ जना पत्रकार सहभागी थिए । उत्घाटन कार्यक्रम जिल्ला निर्वाचन कार्यालयका विकास शर्माको अध्यक्षता गणेश चन्द्रको स्वागत श्याम थापाको संचालनमा सम्पन्न भएको थियो ।

,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply