प्रतिनिधी र प्रदेशसभाका उमेदवार सहित काँग्रेसको घरदैलो कार्यक्रम जारी !
नरायण रिजाल, बागलुङ २०७४ कात्तिक १३ । आगामी मंसिर १० गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को चुनावी अभियान तिब्र पारिएको छ । यतिबेला नेपाली काँग्रेसका उम्मेदवारहरु जनताको घरदैलोमा भोट माग्नलाई व्यस्त देखिन्छन ।
बागलुङ क्षेत्र नं. १ को प्रतिनिधि सभाका प्रत्येक्ष तर्फका उम्मेदवार राज्य मन्त्री चम्पादेवी खड्का र क्षेत्र नं. १ (२) का प्रदेश सभाका उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान पाटीं सभापति प्रकाश शर्मा पौडेल जनताको घरदैलोमा खटिरहेका छन ।
उम्मेदवार व्दयको सोमबार जैदीमा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमा सम्पन्न भएको छ । जैमिनी नगरपालिका वडा नं. ७ मा आयोजिन चुनावी सभामा बोल्दै क्षेत्र नं. १ को प्रतिनिधि सभाका उम्मेदवार तथा सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पादेवी खड्काले हरेक समुदाय र समाजको विकासका निम्ती नेपाली काँग्रेसलाई बिजयी गराउनेपर्ने बताईन । उनले आफ्ना श्रीमान् स्वगीय हरि खड्काले बागलुङको विकासका लागि देखेको सपना पुरा गर्नका निम्ती आफु राजनितिमा होमिएको बताईन ।
त्यसैगरी क्षेत्र नं. १ (२) को प्रदेश सभाका उम्मेदवार काँग्रेस बागलुङका निवर्तमान पार्टि सभापति एवं निवर्तमान सांसद प्रकाश शर्मा पौडेलले जिल्लाको विकास निर्माणका लागि नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने बताए । उनले स्थानिय उत्पादन र बजारीकरणका लागि कालिगण्डकी करिडोरले सहज बनाएको भन्दै कालिगण्डकी करिडोरको ट्याक ओपन कार्यमा काँग्रेको मुख्य भुमिका रहेको बताए । साथै अघिल्लो समयमा गर्न बाँकी सबै अधुरा काम पुरा गर्नेका लागि आफु पुन जनता माझ आएको बताए ।
कार्यक्रमा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, नेपाल विद्याथी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, सहमहामन्त्री हरिहर शर्मा, जैमिनी १ का वडा सदस्य तथा युवा नेता लक्ष्मण आचार्य, जैमिनी ७ जैदीका वडा अध्यक्ष जित बहादुर रानामगर, लगायतले आगामी निर्वाचनमा समाजको समृद्धि र विकासका निम्ती नेपाली काँग्रेसलाई बिजयी गराउन आग्रह गरेका थिए । सभामा राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस जैमिनि नगरपालिका ७ जैदीका का पार्टि सभापति बम बहादुरको अध्यक्षता, काँग्रेसका जिल्ला सदस्य सिताराम रसाईलीको संचालनमा सम्पन्न भएको थियो । उम्मेदवारहरुले सोमबार बिहान अर्जेवामा पनि घरदैलो गरेको नेविसंघका जिल्ला सदस्य बालकृष्ण शर्माले जानकारी दिए ।
यसैवीच बागलुङ क्षेत्र न १ प्रतिनिधि सभा र प्रदेश सभा क ले आज बागलुङ नगरपालिकाका बिभिन्न स्थानमा घरदैलो एवं चुनावी अभियान सम्पन्न गरेको छ । चुनावी अभियान अन्र्तगत बानपाको उपल्लाचौर,रमेटार,कुडुले फेदी लगाएका स्थानमा घरदैलो सभा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सांसद रन्ना शेरचनलेआम नागरिकको भावनालाई उच्च कदर गर्दै नेपाली काग्रेस चौतर्फी विकासमा अगाडि बढने हुदा रुख चिन्हमा मतदान गर्न आग्रह गरिन् ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेदवार एवं पुर्व सांसद चम्पादेवी खडककाले हरेक क्षेत्रको विकासमा आफु सक्रिय भएर सधै लाग्ने हुदा अमुल्य मतदान गरि आफुलाई विजयी गराउन आग्रह गर्की थिईन् । उनले यस अगाडि पुर्णता पाउन नसकेका कार्यलाई सम्पन्न गर्न आफनो विजयी आवश्यक पर्ने बताईन । त्यसैगरि प्रदेश सभाका उम्मेदबार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले सबैको चाहना र भावनालाई गदर गर्दै हरेक क्षेत्रको विकासमा आफुले महत्वपुर्ण भुमिका खेल्ने हुदा रुख चिन्नहमा मतदान गरि आफुलाई विजयी गराउन आग्रह गरेका थिए ।
उनले आफु कटिबद्ध भएर सधै लाग्ने हुदा आफुलाई विजयी गराउन आग्रह गरे । घरदैलो कार्यक्रममा नेपाली काग्रेसका पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, महाधिबेशन प्रतिनिधि एवं पुर्व उपाध्यक्ष जगदिशचन्द्र उपाध्याय, महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, नगरसभापति महेन्द्रप्रसाद आर्चाय, नेपाल महिला सघंका केन्द्रिय सदस्य पार्वती आर्चाय,नेविसघंका पुर्व अध्यक्ष महेन्द्र प्रसाद कडेल, नेविसघंका राजु केसी लगाएको सहभागीता रहेको थियो ।
यसैवीच बुर्तिवाङबाट सहकर्मी छविलाल पाण्डेले पठाएको समाचार अनुसार नेपाली काँग्रेसले मँसिर १० गते हुने प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नँ २ बागलुङमा जिम्मेवारी बाँडफाँड र कार्यक्रम समय तालीका निर्धारण गरेको छ ।
क्षेत्रिय समिती र उमेद्वार सहित बसेको भेलाले आज कार्तिक १३ गते तमानखोला देखि सुरु गर्दे मँसिर ८ गते हिल तारा अर्गल अमरभुमिमा पुगि टुँग्याउने गरी कार्यक्रम समय तालीका सार्वजनीक गरीएको हो । जसमध्ये तमानखोलाको बोङगादोभानमा कार्तिक १५ गते आम सभा हुने छ । बुर्तिबाङमा १८ गते ,त्यस्तै निसिखोला गाँउपालीकाको बोहोरागाँउमा २० गते, कार्तिक २८ गते ग्वालीचौर,मँसिर ७ मा हरिचौरमा र हिल ,तारा ,अर्गल, अमरभुमिमा एकै दिन मँसिर ८ गते आम सभा हुने भएको हो ।
त्यस्तै अन्य साविकका गाविस अन्र्तगत सबै वडामा प्रत्यक दिननै कार्यक्रम हुने छन् । जसमा १४ गते खुँखानीको नर्जा, १६ गते खुँगा,१७ गते निसिखोलाको राजकुट, १९ गते देबिस्थान, २१ गते निसि, २२ गते बोबाङ, २३ गते अधिकारीचौर,२४ गते वडिगाड गाँउपालीकाको भिमगिठे, २५ गते दर्लीङ, २६ गते रनसिँह किटेनी, २७ गते जलजला, २९ गते दगा, ३० गते सिसाखानी, मँसिर १ देखि ६ सम्म क्रमश रिघा, मल्म, काँडेवास, हटिया, नरेठाँटि र दुढिलाभाटिमा कार्यक्रम गर्ने तयारी भएको हो ।
चुनाबलाई जित सुनिश्चत गर्ने गरी अगाडि बद्न बिभिन्न समिती समेत गठन गरीएको छ । जसमध्ये निर्वाचन परिचालन समिती क्षेत्र नँ २ (क) तर्फ फम बहादुर खत्रि (केसी), (ख) तर्फ सिँह बहादुर रानाको सम्योजगत्वमा जिल्ला सदस्य, क्षेत्रिय प्रतिनीधि, महादिबेशन प्रतिन्ीधि, वडा कमिटी , गाँउपालीका नगर पालीका सदस्य रहने गरी समिती गठन सँगै जिम्मेवारी दिईएको छ ।
त्यस्तै साँस्कृर्तिक समिती (क) तर्फ वशन्त थापा, (ख) तर्फ पुरन पाण्डे, मतदाता प्रशिक्षण प्रदेश (क) तफ याम श्रीस र (ख) तर्फ लिलमाया पुन सम्योजक रहेको समिती गठन गरीएको छ । युवा परिचालनमा प्रदेश (क) होम बहादुर सिँजाली (ख) तर्फ नरबहादुर गुरुङ सम्योजक रहेको समिती गठन गरीएको हो । सुरक्षा ब्यबस्था तर्फ प्रदेश (क) मुकुन्द भण्डारारी, (ख) तर्फ धीरप्रताप सिँह , भातृ सुवेच्छुक परिचालन तर्फ कृष्ण केशि सम्योजक रहेको समिती गठन गरीएको हो । अनुसासन तर्फ रामबहादुर खत्रिको सम्योजकत्वमा समिती गठन गरीएको छ । सञ्चार समिती तर्फ प्रदेश (क) गुमानसिँह भण्डारी , प्रदेश (ख) मा छविलाल पाण्डे, कार्यक्रता प्रशिक्षणमा भरत शर्मा गैर संयोजक रहेको समिती गठन गरिएको हो ।