Sorry, that menu does not exist.
 

तमानखोलामा ५ दिने आधारभुत उदघोषण तथा पत्रकारिता तालिम सुरु

सुमन सुनार, बुर्तिवाङ, २०७४ कात्तिक १४ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको आयोजनामा आज देखी ५ दिने आधारभुत पत्रकारिता तथा उदघोषण तालिस सुरु भएको छ ।

गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बागलुङको समन्वयमा रहेको छ । तालिममा त्यस गाउँपालिका अन्तरगतका सबै वडाबाट ३० जना भन्दा बढीको सहभागीता रहेको तालिमको उदघाटन गर्दै, तमानखोला गाउँपालिकाका उपाध्यक्ष मानसरी शेरचनले, जिल्लाको पश्चिम क्षेत्र जहाँ मिडिया विहीन गाउँपालिकाबाट स्थानीय गतिविधिहरु सञ्चारको पहुँचमा पु¥याउन तालिमले महत्पुर्ण भूमिका राख्ने बताईन् ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दील शिरिसले, तालिमबाट पत्रकारिता क्षेत्रतर्फ रुची राख्नेहरुका लागि अवसर प्रदान गर्ने भन्दै व्यक्तिगत रुपमा व्यक्तित्व विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रममा तमानखोला गाउँपालिकाका कार्यकारी अधिकृत खीम विश्वकर्मा, वडा नं. ५ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य हिराबहादुर कामी लगायतले बोलेका थिए । तालिमको सञ्चालन महासंघका कोषाध्यक्ष विजय रानाले सञ्चालन गरेका थिए । तालिम आगामी कार्तिक १८ गतेसम्म चल्ने बताइएको छ ।

भोली गाउँपालिकाको आयोजना र महासंघकै संयोजनमा मिडिया सम्बाद कार्यक्रम हुने भएको छ । कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, स्थानीय बुद्धिजीवी सञ्चार माध्यमका पत्रकारहरु सहितको संवाद कार्यक्रमबाट घोषणा पत्र जारि गरिने कार्यक्रम समेत रहेको तमानखोला गाउँ कार्यपालिकाका कार्यकारी अधिकृत खीम विश्वकर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply