प्रेम सुनार, गुल्मी २०७४ कात्तिक १४ । नेकपा माआवेवादी केन्द्र गुल्मीको कार्तिक १३ र १४ गते जिल्ला पार्टी सचिवालय बैठक सम्पन्न गरेको छ । सम्पन्न बैठकले अव हुन गई रहेको संघ र प्रदेशको निर्वाचनका लागि जिल्ला र प्रदेश तह सम्मका संयोजकहरु तोकेको छ ।
संघिय निर्वाचनका लागि क्षेत्र नम्वर १ मा जिल्ला सहईञ्चार्ज युवाराज केसी तोकिएका छन् । क्षेत्र नम्वर २ मा निमबहादुर पाण्डे तोकिएका छन् । प्रदेश सभाका लागि एक नवर क्षेत्र क प्रदेशमा चित्रबहादुर केसी , ख प्रदेशमा मनिराम ज्ञवाली तोकिएका छन् । क्षेत्र नम्वर २ को क प्रदेशमा खुमबहादुर थापा र ख प्रदेशमा ज्ञानकुमार बुढा तोकिएका छन् । सो पार्टीको प्रचार विभागले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बैठकको निर्णय सार्वजानिक गरेको हो । वैठकका सवै निर्णयहरु सार्वाजानिक गर्दै जिल्ला स्तरको वाम गठबन्धन र पार्टी एकतालाई प्रभावकारी बनाउन माओवादी केन्द्रको तर्फबाट जिल्ला ईञ्चार्ज दिनेश पन्थी, सह ईन्चार्ज सुदर्शन वराल , संयोजक विरबहादुर कार्की , सह ईन्चार्जद्धयः युवाराज केसी र बुद्धि जिसी तोकिएका छन् । बैठकले निर्वाचन आर्थिक समिति संयोजकमा संयोजक विरबहादुर कार्कीलाई तोकेको छ । युवा परिचालन समिति संयोजकमा वाईसियल जिल्ला ईन्चार्ज ताराबहादुर राना र शिक्षक कर्मचारी समन्व्य कमिटी संयोजकमा पुर्व सांसद टंकप्रसाद पोखरेल तोकिएका छन् ।
गुल्मीका वाम शक्तिहरु विच बल्लै भो भेट
केन्द्र र अन्य जिल्लामा वामगठबन्धन विचको भेटघाट र छलफल हुन थालेको महिनौ भए पनि गुल्मीका वामगठबन्धन विचका नेताहरुको भेट भने आज सोमवार मात्रै भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र गुल्मीका शिर्ष नेताहरु विच आज भेटघाट भई जिल्ला स्तरमा ५ सदस्यी संयुक्त निर्वाचन कमिटी निमार्ण गर्ने विषयमा छलफल भएको माओवादी केन्द्र गुल्मीका संयोजक विरबहादुर कार्कीले बताए ।
अहिले सम्म वामतालमेल विच औपचारिक छलफल हुनै पाएको थिएन नेता कार्कीले भने भोली देखि हामी जिल्ला र क्षेत्रिय स्तरको संयुक्त चुनाव परिचालन कमिटी गठन गर्ने विषयमा छलफलमा बस्दै छौं ।
प्रदेशमा १ मा वराल सर्वसम्मत ४ मा दुवैको दावि
माओवादी केन्द्र गुल्मीले नेकपा एमाले संग तालमेल गर्दा यहाँको दुई प्रदेश सहित प्रतिनिधी सभा उमेदवार दुई वटै एमाललाई दिने भएको छ भने दुई वटा प्रदेश मात्र उसले पाउने भएको छ । जस मध्ये क्षेत्र नम्वर १ को ख प्रदेशमा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य एर्व पुर्व सांसद सुदर्शन वराल पार्टीबाट सर्वसम्मत भएका छन् भने उसले पाउने क्षेत्र नम्वर २ को ४ नम्वर प्रदेशमा भने सोही पार्टीका दुवै नेताहरुले दावि छाडेका छैनन ।
अहिले साँझ टुङ्गो नलागेको बेला सम्म दुवैले आ–आफुलाई टिकट पाउने विश्वास ब्यक्त गरेका छन् । संघ टिकट पाएका नेता बुद्धि जिसीले पार्टी केन्द्रमा संघको टिकट पाएका नेताले एमाले संघ ६० ÷४० को बाँडफाँड अनुसार त्यस्तो जिल्लामा संघको उमेदवार एमालले पाए माओवादी केन्द्रबाट संघको उमेदवारले स्वतः प्रदेश पाउने नीति बनेकोले त्यही नीति अनुसार आफु माथी न्याय हुने विश्वास ब्यक्त गरेका छन् । उता अर्का नेता दिनेश पन्थीले सुरु मै सोही प्रदेश पाएकोले सोही अनुरुप आफुले टिकट पाउने विश्वास ब्यक्त गरे । तर उनले केन्द्रले बनाएको उक्त नीति देशैभर लागु गरे माओवादी केन्द्रको एक वफादार सिपाहीको नातले स्वीकार गर्ने प्रतिकृया दिए ।