Sorry, that menu does not exist.
 

आयातीत उम्मेदवारलाई होईन, जनताको सुख-दु:खमा साथ दिनेलाई मतदात गरौँ – निरज पुन

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ कात्तिक १४ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ को चुनावी अभियान तीब्र रुपमा अगाडी बढेको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले आफनो चुनावी प्रचार प्रसार अभियानलाई तिब्रताका साथ अगाडि बढाएको हो । चुनावी अभियान अन्तर्गत क्षेत्र नम्बर २ प्रदेश (ख) को तमानखोला गाउँपालिका—६ खुङ्खानी नर्जाखानी क्षेत्रमा घरदैलो तथा चुनाब प्रचास कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै काँग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार नरबहादुर पुन ‘निरज’ले विगतका संसदीय निर्वाचनमा पश्चिम क्षेत्रमा आयातित उम्मेदवारलाई मतदान गर्दा विकासमा पछि परेको भन्दै अब सधैं जनताको दुःख सुखमा रहने नेपाली काँग्रेसका स्थानीय उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

‘विगतको दुई वटा संसदीय निर्वाचनमा हाम्रो क्षेत्रमा आएर अन्यत्रै क्षेत्रका व्यक्ति विजय भएर गएपछि हाम्रो क्षेत्रको समस्या समाधानका लागि फर्केर आएनन्,’ उनले भने,‘अब यहीको व्यक्तिले यहाँको विकासको कमाण्ड सम्हाल्नुपर्छ । हामी आफै सक्षम भएका छौं । आयातित उम्मेदवारलाई जिताएर पठाउनु जरुरी छैन ।’ उनले काँग्रेसले मात्रै लोकतन्त्रको संस्थागत र देशको समृद्धिको बाटो पहिल्याउने उनले बताए । त्यस्तै प्रदेश सभा सदस्य (ख) का उमेद्वार जीत शेरचनले बोल्दै तमानखोला गाँउपालिकाको विकास निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।

भौगोलीक तवरबाट पछाडि परेको तमानखोलालाई स्वास्थ्य, शिक्षा, सञ्चार, प्रर्यटन र यातायात जस्ता बिकास निर्माण र आर्थिक समृद्धिको क्षेत्रमा अगाडि बढाउने उनको भनाई थियो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक दोर्ण कुमार कँवरले तमानखोलामा विगतमा नेपाली काँग्रेसले विकास निर्माणमा हातेमालो गर्दै आएको बताउँदै अबको समयमा पनि निरन्तर बिकास निर्माणसँग जोडिने र विकासलाई गति दिन काँग्रेस उमेदवारलाई जिताउन अपिल गरे ।

कार्यक्रममा क्षेत्रीय उपसभापति नरजंग घर्ति, क्षेत्रिय सदस्य दिपेन्द्र श्रेष्ठ, तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा, तरुणदलका देवेन्द्र घर्ती, लगायतले नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा २ का उम्मेदवार मन्जेश बम मल्ल सहितको टोलीले नरेठाँटीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । देशको समृद्धिका युवाहरुले नेतृत्व लिने बेला आएकाले आफुलाई मतदान गरी विकास कार्यहरुलाई अगाडी बढाउने जिम्मा दिने उनले मतदातासंग आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा गल्कोट नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा, जिल्ला सदस्य फमबहादुर खत्री, गोर्ख भण्डारी लगायतले आसन्न निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।

मंगलबार नै उम्मेदवार मल्लले घुस्मेलीमा आयोजना गरिएको हरिबोधनी एकादशी मेलालाई समेत सम्बोधन गरेका छन् । विभीन्न परम्परा र संस्कारले नेपाल भरिपूण रहको भन्दै त्यसको रक्षा सुदृढ विकासका लागि नेपाली काँग्रेसलाई मतदान गर्न उनले आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply