Sorry, that menu does not exist.
 

मंसिर २१ गते ४५ जिल्लामा हुने दोश्रो चरणको निर्वाचनको मनोनयन दर्ता आज !

प्रतिनिधी सभा सदस्यमा काँग्रेसबाट जोशी र एमालेबाट गिरीले मनोनयन दर्ता गर्ने !

पर्वत, २०७४ कात्तिक १६ । आगामी मंसिर २१ गते तराई र पहाडका ४५ जिल्लामा हुने दोश्रो चरणको प्रतिनिधी र प्रदेश सभा सदस्यको लागि आज उमेदवारी दर्ता गर्ने कार्यक्रम छ । निर्वाचन कार्यक्रम अनुसार प्रतिनिधि सभातर्फ १ सय २८ र प्रदेश सभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरु व्दारा आज मनोदयन दर्ता हुनेछ ।

दोश्रो चरणमा परेको पर्वत जिल्लामा नेपाली काँग्रेसबाट प्रतिनिधी सभा सदस्यमा निवर्तमान सांसद अर्जुनप्रसाद जोशी र प्रदेश सभातर्फ क्षेत्र क मा नवराज गुरुङ र ख मा राजेन्द्र प्रसाद तिवारीले उमेदवारी दर्ता गर्ने छन् भने बामगठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी प्रतिनिधी सभा र प्रदेश सभा क मा माओवादीका नेत्र अधिकारी ‘हिमाल’ ख मा एमालेका पूर्व साँसद विकास लम्साल रहेका छन् ।

दोश्रो चरणको निर्वाचनमा परेको गुल्मी जिल्लाका दुई निर्वाचन क्षेत्रहरुमा प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका चन्द्र भण्डारी र चन्द्र केसी तथा नेकपा एमालेका प्रदीप ज्ञवाली र गोकर्ण विष्टले मनोनयन दर्ता गर्ने छन् ।

प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply