— राम सुवेदी
हामीबीचमा पाँच वर्षको एक पटक आउने मौका यतिवेला नजिकिएको छ । देशको अवस्था, देश चलाउनेहरुले गरेका त्रुटि र गल्तीहरु विगतमा धेरै पटक हाम्रा चियागफ र चोकका रमाइका कुरामा समेटदै आयौं । जनमत लिएर गएका जनप्रतिनिधिहरु जनमतकै धज्जी उडाएको देख्ता हरेक सचेत नागरिकहरुले आफ्ना पार्टि पनि भनेर्नौ गलत लाई गलत नै भनेर आलोचना ग-यौं । जुनवेला हामीले चुनेका साँसदहरुले जनहित विपरितका काम गर्दा वर्तमान राजनीतिक संस्कार नै फेर्ने कुरा पनि ग-यौं तर फेर्न हाम्रो हातमा कुनै ताकत थिएन । अव पाँच वर्षपछि हाम्रो हातमा त्यो ताकत आएको छ । यतिवेला गलत राजनैतिक संस्कार तोडन हामी पात्र पनि फेर्न सक्ने हिम्मत राख्नु पर्छ । त्यसकारण मतदाता सचेत हुनु आवश्यक मानिन्छ ।
हामी आफूले आफू चलायमान भएको सामाजिक, आर्थिक र राजनीतिक अवस्थालाई कसरी चलाएका छौं । देख्ता वा देखाइदा हाम्रो समाजका विभिन्न क्षेत्रका बौद्धिक वर्गले समेत आफ्ना विचार र विश्लेषण दिइरहेका हुन्छन् तर पनि समाज बुझ्नलाई यी आधार अपर्याप्त छन् । विभिन्न दार्शनिकले लेखेका वा प्रतिपादन गरेका दर्शनहरु, हामी आफू अनुकुल रहने गरि शैद्धान्तिक व्याख्या गर्ने अनी व्यवहारमा अनुकुलता हेरेर परिवर्तन गर्ने तहमा छौं । अनी समाजलाई बरवाद पार्नेहरुलाई त्यही अर्थले बुझ्ने बुझाउने वा गलत तर्क वा विषयलाई समेत स्वीकार गर्न लाचार प्रंवृति हामीसँग संस्कार बनेर बसेको छ । त्यो जो सुकै आफ्ना पक्षधर वा निकटको हुनुपर्छ त्यसले गरेका हरेक कर्तुतलाई सादगी मान्ने हाम्रो समाजको सामाजिक बुझाई अनी त्यस भित्र हुर्किएको वर्तमान राजनैतिक संस्कारले आज देश चलाएको छ ।
आज देश विग्रियो भनेर हामी मतदाता तहबाट चिन्ता गरिरहेका छौं । देशमा भ्रष्टचारीहरु मौलाए भनेका छौं, कमिशन खोरीहरु चलायमान भए भनेका छौं । गुण्डागर्दी बढ्यो अशान्ति भयो भनेर चिन्तित छौं । यो स्वभाविक छ । तर हामी मतदादाले सोच्ने, सचेत हुने र सही उमेदवार चयन गर्ने विषयमा आव पनि चुक्यौं भने भोलि बरबादीका कुरा गरेर मात्र के हाला ? यहाँ सोच्न जरुरी छ ।
हामीले देख्ने, भोग्ने र प्रष्ट व्यवहार देखाउने गरेका छौं कि मतदाताको मुल्य खरिद विक्रीमा स्वयं संलग्न हुदै आएका छौं । हामी पैसा, खानपिन, डर, धम्की र व्यक्तिगत लालचको सिकार बन्दै आएको पक्का छ । वर्षभरी चोकचोकमा देश विग्रियो, नेता खत्तम भए भन्दै गफ लाउने सचेतकहरु, आज चुनाव आउँदा तिनै पार्टी र नेताका दाम खाएर वा उनीहरुले भरिदिएको रक्सी मासुमा आफ्नो र आफु जस्ता जनताको मतलाई लिलाम विक्री गर्ने गरेका छौं । हाम्रो हैसियत के हो ? समाज र देश प्रति हाम्रो आफ्नो दायित्व र कर्तव्य कति हुन्छ । के हामी मतदाता दलाल हौं ? हामी आफू सचेत भन्दै गर्ने पार्टीका कार्यकर्ता गलत प्रवृतिका खेतला हौं ? के हामी मतदाता भ्रष्ट मानसिकताका दासी हौं ? आफूले आफैलाई प्रश्न गर्न जरुरी छ ।
हामी देख्ने गरेका छौं । विगतमा दुई÷चार हजारको लालचमा गलत मान्छेका पछि लागेर आफ्नो अमुल्य मत बेच्यौं । नजानेका र सिधा जनतालाई भ्रम, लालच र धम्की बाँडेर सिमित व्यक्तिले कमाइखाने खेति चलाए अनी आफ्नो स्वतन्त्र र अमुल्य मतलाई कौडिको भाउमा बेचे, बेच्न लगाए ।
के राज्य बनाउने दायित्व मतदातासँग हुँदैन । भोलि कोही हार्ने र कोही जित्ने अंक त मतदाताको एक एक मतमा हुन्छ होला । त्यही अमूल्य अंक प्रति दलाली गर्नेहरु अव पनि तपाइका गाउँ ठाउँ र घर दैलोमा आउने वाला छन् । हामीले हिजो राज्य चलाउँदा वा सरकारी वा सामाजिक ओहोदामा बस्दा गलत काम गरेका पार्टी तिनमा उमेदवार पात्र र उनीहरुको राजनैतिक चरित्रलाई सही तरिकाले चिन्न सकेनौं भने यो मतदानले फेरि अर्को पाँच वर्ष देशका भष्ट्रहरु पालिने छन् । यहाँ गुण्डाराज चल्ने छ । अनियमियतताको थुप्रै सृङखलाहरु देख्दै एक कुनामा कुरा काटेर बस्नुको विकल्प हुने छैन । तसर्थ मतदाता सचेत रहनु पर्ने छ ।
हामीले देखेका उच्च पदस्थ व्यक्ति, तिनले नेतृत्व गरेका राज्यका उच्च स्तरका संस्था र त्यहाँ पदासिन नेतृत्वहरुको कर्तुत हेर्न कतै अन्त जानु नपर्ला । विगतमा राज्यले उच्च ओहोदामा राखेका व्यक्तिहरु चूडामणि शर्मा, लोकमानसिंह कार्की, तीर्थ खनियाँ वा गोपाल खड्काजस्ता नामहरू नेपाली समाज र त्यसका पछाडि चलायमान शक्ति नेपालको राजनीतिले हामी कुन संस्कारको वकालत गछौं भन्ने प्रष्ट छ । राज्यको दोहोन गर्ने पार्टिका नामुद नेताहरु जस्लाई वर्तमान निर्वाचनमा जनप्रतिनिधि बनाइनु पर्दछ भन्दै संसदमा कुर्लने पार्टीहरुबाट हामी अझ स्पष्ट छौं । राजनीति कस्ताले गर्दछन् । यो विषय बुझ्न यहाँ कुनै समाजशास्त्र–राजनीति शास्त्र वा सामाजिक सिद्धान्तले ओतप्रोत नागरिक चाहिन्छ भन्ने लाग्दैन । सामान्य नागरिक जस्ले आम सञ्चार माध्यम मार्फत यस्ता कुकृतिहरु आमनेसामने देखि भोगी रहेको छ । त्यसकारण पनि हामी मतदाता अव सजग र सचेत हुनै पर्दछ ।
तर विडम्बना, निर्वाचन सम्मुखमै आएको बेला अव ठूला ठूला माईक र स्पीकरहरुबाट यिनै मान्छेले देश बनाउने भाषण गरेको लाज पचाएर सुन्न हामी तरखर छौं । हामी आफूलाई खाडीको तातोघाममा बेचेर, हाम्रै पसिनाबाट मोज गर्नेहरु कान टट्याउने गरि हामीलाई नै अनुशिक्षण गर्न उनीहरु निःशन्देह आतुर छन् । हामी आफ्नो मुलुकका बारी र गराहरु बाँझो राखेर अर्काको मुलुक पसिनाले सजाउने, हराभरा बनाउने र अनी अलिअलि कमाएको रेमिटले यी घुसखोरी, भ्रष्टाचारीहरुलाई उच्च ओहोदामा पु¥याउन उनकै लम्पट कुरा सुनेर ताली बजाउन बिघ्न आतुर पनि छौं । हामी यिनै लाचार राजनीति गर्नेहरु, देशलाई भड्खालो तिर लैजानेहरुले चलाएको गलत प्रशिक्षण मात्र सुन्दैनौं । यिनले बाँडेका पैसा २÷४ सय, १/२ हजार थाप्न लालयित छौं । यिनै देश खानेहरुले दिएको एक बोतल रक्सी र एक प्लेट मासु चाख्न हामीलाई तिर्सना जागेको छ । यिनै साना तिना लालयित मन र तिर्सनाले तपाइ हाम्रा भाई बहिनी छोरा छोरीहरु हाम्रा बाबा, काका मामाहरु आज तपाइको साथ र काखमा छैनन् । देशलाई सही मार्ग दिन नसक्ने उमेदवारका यिनै कर्तुतमा फसिरहँदा कमाई गरेर हामीलाई पाल्ने काखको छोराछोरीहरु एकाएक लास बनेर आउँछन् । हाम्रा कति आशा अभिलाषाहरु सपनामै सीमित रहन्छन् । अनेकन रहरहरु खण्डहरु बनेर आउँछन् । यी सबै विषय र समस्याको जड भनेको राज्य सञ्चालनका लागि हामीले मतदान गरेर पठाएका प्रतिनिधिहरुको उपहार हो । त्यसकारण हामी मतदाता अहिले सचेत हुनु पर्ने छ ।
हिजोसम्म हाम्रा नेताले देश खाए, लामो समय राज्य चलाउँदा पनि देश विकास भएन, नेपाली युवालाई विदेशमा बेचे, भन्ने हामीहरु उनीहरुको त्यो रबैयालाई सहज भुल्दै छौं । को गतिलो को अगतिलो भन्नै जान्दा जान्दै र चिन्दा, चिन्दै उसकै अघि त्वमशरणम गर्दैछौं । तपाई हामी सामान्य नागरिकलाई को चूडामणि शर्मा, को लोकमानसिंह कार्की, को तीर्थ खनियाँ वा को गोपाल खड्का मतलव नहुने सवाल लाग्ला तर उनीहरुले जे गरिरहेका छन् । जस्का आडमा गरिरहेका छन् तिनलाई हामी राम्ररी चिन्दछौं । तर असत्य तपाई हामी भन्दा बलियो भएकाकारण त्यससँग जुध्न अफ्ठेरो लागिरहेको पक्कै होला । जबसम्म हामी गलत रबैयाका पछाडी पिछलग्गु हुन्छौं । तवसम्म यो देशलाई हाम्रै हातले भडखालो तिर घचेटदै छौं, अव नजर हुनेले अन्दाज लगाउनु आवश्यक समय आएको छ ।
स्थापित राजनीतिक दलहरूका कार्य र व्यवहारले आसेपासे बाहेक आम जनता क्रुद्ध छन् र संरचनागत परिवर्तनको अपेक्षा सबैलाई छ । नागरिकका सकरात्मक अपेक्षाहरु पुरा होउन । कलङ्ंकका पछि लागेर त्यसको मलजल होईन, नयाँ शिराबाट अवको भविष्य मतदाताले खोजौं । सबैले पत्याउँदो समाज र राजनैतिक अवस्थाको सिर्जना गर्न सहयोग गरौं । आफ्नो अमूल्य मतको आफैले कदर गरौं । आफू सचेत बनौं अरुलाई सचेत बनाऔं । सचेत मतदाता भएको देश नेपाल हो भन्ने पनि बनाऔं ।
बर्तिवाङ ।
२०७४ कात्तिक १६ ।
लेखक ईबागलङका संपादक हुन् ।