Sorry, that menu does not exist.
 

निसीमा बाम सभा : नेपालमा कम्युनिष्टहरुले कम्तिमा २० वर्ष शासन गर्नु आवश्यक- पौडेल

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक १७ । बाम गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार अभियान विहीबार देखि निसीखोला गाँउपालिकामा सुरुभएको छ । अभियान अन्तर्गत विहिबार निसीखोला गाँउपालिका वडा नं. ५ याङ्गीमा बृहत चुनावी सभा सम्पन्न भएको हो ।

चुनावी सभालाई संबोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ का साझा वाम उमेद्वार देवेन्द्र पौडेलले देशको आमुल परिवर्तनका लागि अब नेपालमा कम्युनिष्टहरुले कम्तिमा २० वर्ष शासन गर्नु आवश्यक रहेको बताए ।

देशमा लामो समय काँग्रेसले शासन गरिरहेको अवस्थामा देशले स्थायित्व र विकास निर्माणले गति लिन नसकेको आम नेपाली जनताका माझ स्पष्ट भएको भन्दै नेता पौडेलले, राज्यलाई स्थायित्व दिई विकास र समृद्धिका लागि बाम तालमेल भएको स्पष्ट पारे ।

देशैभर छरिएका बाम पार्टीहरु एक ठाउँमा भएर निर्वाचनमा होमिएको सन्देशसँगै आफूहरु जनताकाबीच मत माग्न आएको बताउँदै पौडेलले, जनताले अव बाम गठबन्धन बाहेक अन्त मतहालेर आफ्नो मत खेर नफाल्न समेत आग्रह गरे । यो गठबन्धन केबल बाम पार्टिहरुको मात्र नभई देशलाई स्थायित्व देख्न चाहने र राष्ट्रको विकास निर्माणमा चासो राख्ने प्रजातान्त्रिक विचार समुहको समेत भएकाले सबैले यो गठबन्धनलाई आत्मसाथ गर्दै संयुक्त बाम गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उनको आग्रह थियो ।

सभालाई संयुक्त बाम गठबन्धनका तर्फबाट बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तरगत, तमानखोला, ढोरपाटन निसीखोला कलस्टर प्रदेश २ का प्रत्यासी उमेदवार टेकबहादुर घर्तीले भौगोलिक अवस्थाबाट पिछडिएको क्षेत्रले सही उमेदवार नपाउँदा र देशमा गरिखाने वर्गको सरकार स्थायी नहुँदा, जनताका आधारभुत समस्याहरु जस्ताको तस्तै भइरहेको बताउँदै अव बाम पार्टीहरुको संयुक्त गठबन्धनले प्रदेश र केन्द्र सरकारमा बहुमत ल्याउने भन्दै जनताले एकपटक साथ दिनु पर्ने बताए ।

यस्तै सभामा माओबादी केन्द्र निसीखोला गाँउपालिकाका अध्यक्ष प्रेम बहादुर घर्ति मगर, नेकपा एमाले निसीखोला गाँउपालिका ईन्चार्ज रुद्र प्रसाद पौडेल, ताराखोला गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश घर्ति, निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक धर्म बहादुर कुँवर, माओवादी केन्द्रका नेता तुल्सीराम अर्याल, नेकपा माओबादी केन्द्रका पुर्वसभासद वलावती शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, नेकपा एमालेका नेता मोहनलाल शर्मा लगायतले पनि बोलेका थिइ ।

नेकपा एमालेका रोविन मगरको अध्यक्षता रहेको चुनावी सभामा बाम घटकका स्थानिय नेता हिरा बहादुर पुनको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन राष्ट्रिय जनमोर्चाका तिलक बुढा मगरले गर्नुभएको थियो ।

यसैविच प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धलाई जिताउन भन्दै निसीखोला गाँउपालिका वडा नं. ५ का महिलाहरुले पुनिकला बुढा मगरको संयोजकत्वमा ११ सदस्यि महिला निर्वाचन परिचालन समितिको गठन गरेका छन् । वडा स्तरमा मतदाता शिक्षा संगै बाम गठबन्धनलाई मतदान गर्न आवह्वान गर्ने उद्धेश्यले समितिको गठन गरिएकोे छ ।

उता तमानखोला गाँउपालिकामा रहेका तिन बाम पार्टीहरुको संयुक्त कार्यकर्ता भेला विहिबार बोंगादोभानमा सम्पन्न भएको छ । गाँउपालिका स्तरमा रहेका बाम गठबन्धनका नेत्तृत्व तथा कार्यकर्ताहरुको एक भेलाले आगामी निर्वाचनमा बाम गठबन्धनलाई जिताउन भन्दै नेकपा माओबादी केन्द्रका महाधिवेशन आयोजक समिती सदस्य सूर्य सिर्पाली संयोजकत्वमा ११ जना सचिवालय सदस्य सहित ३१ सदस्यीय गाँउपालिका स्तरिय संयुक्त चुनाव परिचालन समितिको गठन गरिएकोे छ ।

नेकपा एमालेका दल प्रसाद सापकोटाको स्वागत मन्तब्य रहेको भेलाको सञ्चालन मुक्तीनाथ छन्त्यालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply