गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक १७ । नेपाल सरकार सहरी बिकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन ईकाईको आयोजना र गल्कोट नगरपालिकाका सहयोगमा गल्कोट नगरपालिका वाड नम्बर २ मा सञ्चालित ७ दिने कालिगढ तालिमको समापनको अवसरमा भूकम्प प्रतिरोधात्मक घर निर्माणले सुरक्षित अनुभुति हुने गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
नगरप्रमुख गैरेले भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि कालिगढहरुको तालिमले रोजीरोटीको ब्यवस्था गर्नका लागी सहज हुने बताए । भूकम्पका कारण गल्कोट क्षेत्रमा निर्मित घरहरुमा क्षति पुगेको अवस्थामा यस्तो तालिमले भकम्प प्रतिरुोधात्मक घर निर्माणका लागी सहज हुने उनको भनाई थियो ।
कार्यक्रममा गल्कोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष हेमन्त भण्डारीले तालिममा सहभागीहरुलाई प्रयोगात्मक तबरले तालिम प्रदान गरिएकाले दैनिक जीवनमा लागु गर्न सहज भएको बताए ।
कार्यक्रममा गल्कोट नगरपालिका वाड नम्बर २ का सदस्य घनश्याम कुबर, सहभागी जय बुढाथोकी लगायतले मन्तब्य राखेका थिए ।
तालिममा सहभागी ३३ जनालाई ३ जना ईन्जिनियरले प्रशिक्षण दिएका थिए । प्रशिक्षणहरुलाई गल्कोट नगरपालिकाका प्रम्ुख गैरेले प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रम गल्कोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तको अध्यक्षता र वाड प्राबिधिक यादव रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।