Sorry, that menu does not exist.
 

बामको चुनावी सभा झिावाखोमा ‘पश्चिम बागलुङको समृद्धिमा केन्द्रबाटै पहल गर्छु’–पौडेल

कृष्ण कँडेल, बुर्तिबाङ २०७४ कात्तिक १७ । वाम गठबन्धनको चुनावी अभियान अन्तरगत पश्चिम बागलुङको बोहरागाउँको झिवाखोलामा चुनावी सभा भएको छ । निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा तथा प्रदेश सभाका साझा वाम उम्मेदवारको उपस्थितीमा चुनावी सभा भएको हो ।

कार्यक्रममा वोल्दै माओवदी नेता तथा प्रतिनिधि सभाका उम्मेदवार देवेन्द्र पौडेलले पश्चिम बागलुङको विकास र समृद्धिमा आफुले केन्द्रीय स्तरबाटै पहल गर्ने बताए । ‘यो क्षेत्र विगतदेखि नै विकासमा पछि परेको छ, यहाँका अवश्यकतालाई बोध गर्दै विकास योजना अघि बढाउने कुरामा मेरो मुख्य ध्यान हुनेछ,’ पौडेलले भने, ‘राष्ट्रिय राजनीतिमा रहेर हाँसिल गरेको अनुभव दुरदराजलाई समेट्ने नीति निर्माण र यहाँको विकासमा लगाउन प्रतिबद्ध छु ।’

उनले वामपन्थी गठबन्धनले मुलुकमा राजनीतिक स्थायित्व दिँदै आर्थिक विकासलाई अघि बढाउने बताए । पौडेलले पश्चिम बागलुङका अधिकांश क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न विगतमा आफ्नो पहल रहेको बताए । ‘मध्यपहाडी लोकमार्ग, सालझण्डी ढोरपाटन सडक जस्ता राष्ट्रिय महत्वका आयोजनाले समग्र बागलुङ र पश्चिमका ग्रामीण वस्तीलाई समेटेको छ,’ पौडेलले थपे, ‘यसमा मेरो पनि भुमिका छ ।’ पौडेलले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउन सबैलाई आग्रह गरे ।

क्षेत्र नम्बर–२ को प्रदेश सभा–२ का प्रत्यक्षतर्फका साझा उम्मेदवार राजमोका टेकबहादुर घर्तीले वामपन्थीले मात्र जनताको आकाङ्क्षा पुरा गर्ने बताए । उनले जनताको मत लिएर वामपन्थीले बलियो प्रदेश सरकार निर्माण गरि विकास निर्माण र सुशासनलाई सँगसँगै अघि बढाउने बताए ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली, एमाले नेता मोहनलाल शर्मा, माओवादी नेता तुल्सीराम अर्याल, राजमो बागलुङका अध्यक्ष अमर थापा, माओवादी महिला नेतृत कुशुम बुढा लगायतले वाम गठबन्धनले अघि सारेका साझा उम्मेदवारको चिह्नमा मतदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रम राजमोका जुनविक्रम शाहीको अध्यक्षता, एमालेका रुद्र पौडेलको स्वागत र माओवादी केन्द्रका उमानन्द रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply