Sorry, that menu does not exist.
 

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त नारायण भट्टराई जेल चलान !

बागलुङ २०७३ माघ १६ । जबरजस्ती करणी मुद्दाका एकजना फरार अभियुक्त जिल्ला अदालत बागलुङको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

अभियुक्त ग्वालिचौर गाविस वडा नं २ घर भै बुर्तिवाङ बजारमा फेन्सी पसल गरी बस्ने वर्ष ४० का नारायण भट्टराई यही २०७३ माघ १३ गते स्वयं जिल्ला अदालतमा उपस्थित हुन पुगेका थिए । सोही दिन अदालतको आदेशले निजलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिएका छन् ।

अभियुक्त भट्टराईले गत २०७२ साल असार ३१ गतेका दिन बोहोरागाउँ गाविसको एक होटेलमा आफुलाई जवरजस्ती करणी गरेको भनी निसी गाविसकी वर्ष २१ की थमकली घर्ती (नाम थर परिवर्तित) ले प्रहरी समक्ष उजुरी दिएलगत्तै भट्टराई फारार थिए ।

समाचार श्रोतका अनुसार अभियुक्त भट्टराई उक्त दिन काम विशेषले मोटरसाईकलमा निसी गाविसमा पुगेर बुर्तिवाङ बजार फर्किने क्रममा निज युवतीलाई सडकमा हिँडिरहेको देखेपछी अभियुक्त भट्टराईले आफुसंग साथै भएका साथीलाई मोटरसाईकलबाट उतारी निज युवतीलार्ई घरमा पुराईदिन्छु भनेर मोटरसाईकलमा चढाई गन्तव्य तिर गैरहेको अवस्थामा बोहोरागाउँ गाविस-८ मा रहेको एक होटलमा खाजा खान बसेको मौकामा जबरजस्ती करणी गरेको पीडित युवतीले दिएको उजुरीका सम्वन्धमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालय मार्पmत २०७२ साल साउन महिनामा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर भएको थियो । सो मुद्दाको जिल्ला अदालतबाट २०७३ साल जेठ महिनामा पैmसला भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply