Sorry, that menu does not exist.
 

बुर्तिबाङमा अगुवा तथा ग्रामीण नमुना कृषकहरुका लागी ५ दिने तालीमको उद्घाटन !

झरना कँडेल, बुर्तिवाङ २०७४ कात्तिक २१ । ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङमा अगुवा कृषक तथा ग्रामीण नमुना कृषकहरुका लागी बचत ऋण तथा ब्यबस्थापन सम्बन्धी ५ दिने तालीमको प्रमुख अतिथी जिल्ला समन्वय समिती बागलुङका संयोजक राजेन्द्र ढुङ्गानाले उद्घाटन गरेका छन् ।

आफनो उद्घाटन भाषणमा संयोजक ढुंगानाले यस्ता खालका जनमुखी कार्यक्रमहरुलाई थप प्रभाबकारी बनाउन आफुले सक्दो प्रयत्न गर्ने बताउदै तालीमबाट सिकेका सैद्धान्तिक कुरा ब्यबहरिक रुपमा लागु गर्न आग्रह गरे ।

उनले यस्ता खालका तालीमहरु निसी भल्कोट तमान तथा ढोरपाटन जस्ता भौगोलिक हिसाबले बिकट रहेका स्थानमा सञ्चालन गर्न आग्रह गर्दै पिछडिएको चिन्तन र चेतनाबाट माथी उठेर दृष्टिकोणको बिकास गरी आर्थिक समृद्धि तर्फ लाग्न आग्रह समेत गरे ।

सो अबसरमा जिल्ला समन्वय समिती बागलुङका उपसंयोजक बिष्णु भुषालले सुआहाराले यस कार्यक्रममार्फत आर्थिक समृद्धीमा लौजाने प्रयासमा रहेको बताउदै यस तालीमले सबल नागरिक बन्न प्रेरणा दिने बताए ।

युएसआइडीका मार्केटिङ अफिसर होम फुड प्रोडक्सन तथा बजारीकरण गुणकुमार श्रेष्ठ र भी डी आर सी नवलपरासीका लक्ष्मी गौतमले कार्यक्रमको बारेमा प्रकाश पार्दै आफ्नो संस्था तथा अन्य संस्थाँले मात्रै चाहेर आम मानिसलाई अग्रसर गराउन सम्भब नभएको बताउदै यहाँका जनप्रतिनीधीको महत्वपुर्ण भुमिका रहेने बताए ।

कार्यक्रममा अगुवा कृषक प्रशिक्षक तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनले सहभागी प्रशिक्षार्थीलाई आफ्नो समुह तथा समाजलाई क्रियाशील हुन आग्रह गर्दै ,तालीमबाट सिकेका कुरालाई ब्यबहारमा उतार्न सके रोजगारीकै लागी भनेर कसैलाई पनि अन्य देश जान नपर्ने बताईन् । उनले यस्ता तालीमहरुलाई बिभिन्न स्थानमा सन्चालन गर्न पनि गरिन् ।

समुहको सक्रियता समुह गठन पुर्नगठन तथा दर्ता प्रक्रियाका लागी समुहको क्षमता अभिबृद्धी , समुह ब्याबस्थापन बचत तथा ऋण लेखापालन सम्बन्धी आवश्यक आधारभुत सिपको बिकास गर्ने , ग्रामीण नमुना कृषी फार्म सञ्चालन मार्फत अतिरिक्त कृषी उत्पादन तथा आयआर्जनमा अभिबृद्धि गर्ने आधार तयार गर्ने लगायतका उद्देश्यका साथ तालीम सन्चालन गरिएको हो ।

उद्घाटन सत्रको सञ्चालन सुआहाराका फील्ड कोअर्डीनेटर बिष्णुनाथ आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply