Sorry, that menu does not exist.
 

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रेस विज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय पदाधिकारी तथा सचिवालयको संयुक्त बैठक पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बस्यो । बैठकले देहाय बमोजिम निर्णयहरु गरेको छ ः

१. आगामी २७ गते राष्ट्रिय एकता दिवस तथा २९५ औं पृथ्वी जयन्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी र ७५ वटै जिल्लामा भब्य र उल्लासमय वातावरणमा मनाउने निर्णय गरियो ।

२. बैठकले राष्ट्रिय एकता दिवसलाई भब्य र सभ्यरुपमा मनाउन ११ वटा बिषयगत समितिहरु गठन गरेको छ । सो समितिहरुमा कार्यकर्ता व्यवस्थापन समिति, संचार माध्यम समन्वय समिति, व्यवस्थापन समिति, प्रचार समिति, गोष्ठि समिति, आर्थिक समिति, स्वयंसेवक परिचालन समिति, मञ्च सजावट समिति, स्वागत समिति, विशिष्ट व्यक्ति सम्पर्क तथा समन्वय समिति, कुटनीतिक नियोग समन्वय समिति रहने निर्णय गरियो ।

३. बैठकले पृथ्वी जयन्ति तथा एकता दिवसको दिन पौष २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले यस सम्बन्धि प्रस्ताव मन्त्री परिषदमा लैजान निर्देशन दिने निर्णय गरियो ।

४. बैठकले सुदुर पश्चिमाञ्चलका केही जिल्लामा सुनियोजित ढंगले भएको भएको गौ हत्याको भएको घटनाको भत्सर्ना व्यक्त गर्दै घटनाको छानविन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ ।

५. पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा पार्टीका सवै केन्द्रीय सदस्य र साँसदलाई आ–आफ्ना जिल्लामा सरिक गराउने ।

राजाराम श्रेष्ठ
प्रवक्ता
१३ पौष २०७३

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply