कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ माघ १६ । नेकपा एमाले वागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले आगामी निर्वाचनमा एमाले देशकै पहिलो पार्टी वन्ने उद्घोष दोहोराएका छन्। नेकपा एमाले सिसाखानीको दशौं गाउँ अधिवेशनको उद्घाटन गर्दै सापकोटाले संविधानको कार्यान्वयन गर्न निर्वाचन गर्नुपर्ने वेला सरकारले संविधान संशोधनको कुरा उठाएर विषयान्तर गर्न खोजेको वताए। पूर्व युवा संघका महासचिव समेत रहेका सापकोटाले युवाहरु देशमै वस्न सक्ने वातावरण नवने देश अझै संकटमा फस्ने भन्दै, स्थानिय श्रोत, खानीहरुको विकास तथा विस्तार गर्न राज्य जिम्मेवार वन्नु पर्ने वताए। सापकोटाले निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै सिसाखानीमा पहिलो शक्तिको रुपमा एमालेलाई उभ्याउन आग्रह गरे।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य शान्ति अधिकारी, जिल्ला सदस्य मेहरसिंह पाइजा, पूर्व जिल्ला सदस्य खड्क पुन, अखिल नेपाल महिला संघका जिल्ला सदस्य पार्वती काउचा, उत्पिडित जातिय मुक्ति समाजका किसान खड्का थोकी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अधिवेशनले खड्क पुनको अध्यक्षतामा १९ सदस्यीय नेकपा एमाले गाउँ कमिटि सिसाखानीको गठन गरेको छ। जसको उपाध्यक्षमा किसान खड्काथोकी, सचिवमा समिर पुन, उपसचिवमा फुलमाया विक रहनु भएको छ। त्यस्तै सदस्यहरुमा धन माया श्रीस, सुसिला भुजेल, वोम वहादुर श्रीस, हिरा श्रीस, गोपिराम काउचा, तेज वहादुर पुन, नन्द वहादुर सुनार, धन प्रसाद शेरचन, वोम वहादुर थापा, रण वहादुर थापा, केहरसिंह थापा, लाल वहादुर थापा, पार्वति काउचा, उमा वि.क. र गंगा वहादुर पुन रहेका छन्।
त्यस्तै भेलाले चुरा वहादुर पुनको संयोजकत्वमा ५ सदस्ीयय सल्लाहकार समितिको गठन गरेको छ। त्यस्तै पार्वती काउचाको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला संघको गठन गरेको छ। जसको उपाध्यक्षमा गंगा वि.क., सचिवमा देवि श्रीस, सहसचिवमा माया पुन, कोषाध्यक्षमा झममाया काउचा रहेका छन्। त्यस्तै सदस्यहरुमा उमा विक, धना थापा, टोममाया थापा, फुलमाया विक, चन्द्रा विक, छममाया घर्ति, सुसिला भुजेल, लिला छन्त्याल, र मनुजा घर्ति रहेका छन्।
त्यस्तै भेलाले मन वहादुर वि.क.को अध्यक्षतामा ७ सदस्यिय उत्पिडित जातिय मुक्ती समाजको गठन गरेको छ। जसको उपाध्यक्षमा शेर वहादुर वि.क., सचिव मा किसान खड्काथोकी, र सदस्यहरुमा धन वहादुर सुनार, शसिराम विक, र डिल वहादुर विक रहेका छन्।
कार्यक्रम गाउँ कमिटि अध्यक्ष चुरा वहादुर पुनको अध्यक्षता, होम वहादुर घर्तिको स्वागत मन्तव्य तथा समिर पुनको संचालनमा सम्पन्न भएको थियो ।