छबिलाल पाण्डे बुर्तिबाङ २०७४ कात्तिक २३ । नेपाली काँग्रसेको चुनाबी अभियान बिहिबार ढोरपाटन नगरपालिकाको वडा नँ ५ र ६ साविकको अधिकारीचौरमा सम्पन्न भएको छ । गत कार्तिक १३ गतेदेखि चुनावी प्रचार प्रसार अभियान सुरु गरेको काँग्रसले क्षेत्र नँ २ प्रदेश सभा (ख) अन्र्तगत सबै साविकका वडामा चुनाबि कार्यक्रम सम्पन्न गरेको हो ।
आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रतिनीधि सभा २ का उमेद्वार नरबहादुर पुन निरजले नेपाली काँग्रेसको चुनावी माहोल बढिरहेको बताउँदै यस पटकको निर्वाचनमा आफुहरुलाई जनताले साथ दिनेमा ढुक्क भईसकेको बताए । बिगतमा नेपाली काँग्रेसले गरेको योगदान र जनताले शान्ति र लोकतन्त्रको आभास चाहेका कारण नेपाली काँग्रेसको जित सुनिश्चत रहेको बताए । पुनले आफुले चुनाब जित हासिल सँगै पश्चिम बागलुङलाई समृद्ध र समुन्नत बनाउनका निम्ती आबस्यक चित्र रेखा कोरिसकेका कारण पाँचबर्षमा शिक्षा, स्वास्थ्य, यातायात सञ्चार, तथा युवा स्वरोजगार मुलक कार्यलाई मुख्य प्राथमिकता दिँदै एक नमुना क्षेत्र बनाएर अगाडि बढ्ने प्रतिबध्धता जनाए । उनले ढोरपाटन नगरपालिका प्रर्यटन र कृर्षि क्षेत्रको सम्भावना बोकेको क्षेत्र भएका कारण त्यसलाई समेत उचित स्थानका साथ अगाडि बढाउने बताए ।
कार्यक्रमकै अबसरमा प्रदेश सभा (ख) उमेद्वार जितबहादुर शेरचनले बोल्दै आफनो मुख्य योजना निसी भुजी र तमान क्षेत्रको बिकास निर्माण र रोजगार मुलक कार्यक्रम पहिलो प्राथमिकता रहेको बताउँदै जनताले आफुलाई मतदान गरी बिकास निर्माण, शान्ती र सँबिधान कार्यान्यनको बिषयमा साथ दिन आग्रह गरे । उनले अधिकारीचौरबासीको आबस्यकताको रुपमा रहेको बुर्तिबाङ, अधिकारीचौर, दोगाडी, मराङखानी ढोरपाटन सडक बिस्तारमा प्राथमिकता दिँदै कृषि क्षेत्रको सम्भावित क्षेत्र रहेका कारण आबस्यक कृषिको बिकास र युवा स्वरोजगार कार्यक्रम तथा अधिकारीचौर, बोङगादोभान, देबिस्थान लगाएतका बाढी प्रभावित क्षेत्रको पहिचान र ब्यबस्थापन तर्फ प्राथमिकताका साथ अगाडि बद्ने बताउँदै प्रर्यटन, कृर्षि, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षा जस्ता महत्वपुर्ण कार्यमा अग्रसरभएर लाग्ने आफुमा भिजन भएका कारण आफुहरुलाई बिजयी गराउन आग्रह गरे ।
कार्यक्रममा समानुपातिक उमेदवार तथा पुर्व सांसद ज्ञानकुमारी छन्त्यालले बोल्दै नेपाली काँग्रेस पार्टी जनतामा परेको बिपद, दुखसँग हातेमालो गर्दे अगाडि बढिरहेको र हरेक बिकास निर्माणमा अगाडि बढिरहेको बताउँदै यस पटकको चुनाबमा आफुहरुलाई बिजयी गराएर समुन्नत समाज रुपान्तरण अभियानमा साथ दिन आग्रह गरिन् ।
कार्यक्रममा निर्वाचन परीचालन समिती सम्योजक तथा क्षेत्रिय सभापती दोर्णकुमार कुवँर, महाधिबेशन प्रतिनीधि टेकराज पौडेल, यामु पौवि, धिरप्रताप सिँह, सिँहबहादुर राना लगाएत क्षेत्रिय समिती पदाधिकारी, जिल्ला कार्यसमिती पदाधिकारी, लगाएतको आतिथ्यता एवम मन्तब्य रहेको थियो । कार्यक्रम ओमप्रकास सापकोटाको स्वागत खड्कबहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको हो । त्यस्तै सोहि टोलीद्धारा अधिकारीचौरको बिभिन्न स्थानमा पुगि घरदैलो अभियान समेत गरीएको छ ।