Sorry, that menu does not exist.
 

हलो जोतेर घरदैलो अभियान गर्दै पर्वत क प्रदेश सभा सदस्यका उमेदवार अधिकारी

महेन्द्र केसी, पर्वत २०७४ कात्तिक २४ । पर्वत क्षेत्र नं ‘क’ बाट प्रदेश सभामा वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नेत्र अधिकारीले हलो जोतेर चुनावी अभियानको थालनी गरेका छन् । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवम् प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार अधिकारीले नेपालमा राजनीतिक स्थायित्व कायम गर्नका लागि आगामी निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गरेका छन् ।

लामो समय राजनीतिक अस्थिरताका कारण विकास र समृद्धि हासिल गर्न नसकेको बताउँदै उम्मेदवार अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन निर्माण भएको दावी गरे ।

हामी श्रमिक वर्गलाई पहिलो स्थानमा राख्ने गर्दछौ, त्यसकारण मैले हलो जोतेर घरदैलो अभियानको उद्घाटन गरेंको हसँ अधिकारीको भनाई थियो । आर्थिक समृद्धि र विकासका निम्त्ति नेता कार्यकर्ता जनता सबैले राष्ट्रको लागि श्रम र त्याग गर्नैपर्दछ उनेले थपे ।’

२०७० सालमा पर्वत–१ बाट संविधानसभा निर्वाचनमा तेस्रो बनेका अधिकारीले जनताको पक्षमा काम गर्ने मौका दिन समेत सर्वसाधारणसँग आग्रह गरे । कार्यक्रमा नेकपा एमालेका उपसचिव गोविन्द्र पहाडी, पूर्व उपसचिव उदय सुवेदी, माओवादीका नेता दिपक आचार्य,गुप्त हमाल, ढाकाराम गौतम, शेषराज रेग्मी र निर्मल पुनले पर्वतमा विकासको ढोका खोल्न वामपन्थीका साझा उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गरेका थिए ।

माओवादी केन्द्र नाग्लीवाङ अध्यक्ष सोम जिसीको स्वागत, बनौ गाउँकमिटिका सदस्य डम्बरवहादुर पुनको सञ्चालन र वडा अध्यक्ष गौवहादुर पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पर्वतमा मंसिर २१ गते दोस्रोचरणमा निर्वाचन हुँदैछ ।

यसैवीच उम्मेदवार अधिकारीले मिलनचोकमा आयोजित कार्यक्रममा ‘धनवाद र डनवादलाई यो निर्वाचनमा जनताले पाखा लगाउँछन् भन्दै मिलनचोक, सल्यान, बास्कोट र धारापानीमा क्षेत्रका मतदाताहरुलाई भेटघाट र घरदैलो गरेर वाम गठबन्धनलाई मतदान गर्न उनले आग्रह गरेका छन्।

मिलनचोक र सल्यानमा भएको कोणसभामा अधिकारीले राजनीतिक स्थीरता कायम गरि मुलुकलाई विकास र समृद्धिको दिशामा लैजानका लागि वामपन्थीहरु विच गठबन्धन निर्माण भएको बताए । मिलनचोक बजारलाई संरक्षण गर्न तटबन्धन निर्माणका लागि आफूले पहिलो प्राथमिकतामा राखेको उनकाृ भाक्ष्ए पथयो ।

कृषि खेतीको आधुनिकिकरण र व्यवसायिकरण लागि वामगठबन्धनले योजना बनाएको बताउँदै अधिकारीले जलजलामा सिँचाई,खानेपानी,शिक्षा स्वास्थ्य र ग्रामिण सडकको सुधारका लागि विशेष कार्ययोजना बनाएर काम गर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर वि पौडेल, माओवादीका गुप्त हमाल, नेकपा एमाले पर्वतका उपसचिव गोविन्द पहाडी, मेघनाथ शर्मा, पूर्व उपसचिव उदय सुवेदी र माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार मनरुपा सुवेदी लगायतले वाम गठबन्धनलाई मत दिन अनुरोध गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply