प्रेम सुनार, गुल्मी २०७४ कात्तिक २४ । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर २ का उमेदवार गोकर्णराज विष्टले यसपाली वाम गठबन्धन वाहेकमा मत हाल्ने मतदाताको मत खेर जाने ठोकुवा गरेका छन् धुर्कोट गाउँपालिका १ नयाँगाउ नेकपा एमाले र माओवादी केन्द्रले आयोजना गरेको सयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गदै उमेदवार बिष्टले यस्तो ठोकुवा गरेका हुन् । गुल्मीको मात्र कुरा नगरौं सिङ्गो देश नै वामपन्थी मय भई सक्यो नेता विष्टले भने विगतमा अरु पार्टीमा मत हाल्नेहरुले पनि अहिले वाम गठबन्धनको सुर्य चिन्ह र हँसिया हतौडामा भोट हालौं अन्यत्र भोट हाल्नु भयो भने तपाईको अमुल्य मत त्यसै खेर जाने निश्चित छ ।
उनले गभै देखि मर्ने वेला सम्म धर्म माने झै अव कुनै पार्टी मान्ने जमना गएको भन्दै उनले सर्वसाधरणलाई अव परिवर्तनका पक्षधर जो छ त्यसैलाई रोज्न सुझाव दिए । वामपन्थी उमेदवार नै अहिलेको जनपक्षिय उमेदवार भएको कुरा दोहराउँदै नेता विष्टले जनपक्षियहरुका पछाडी नलाग्नेहरु पुरातनवादीका रुपमा एक्लीने चेतावानी समेत दिए । देशभरका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये नेपाली काग्रेस लगायत अन्य केही राजनितीक दलहरुको जम्मा ११ वटा निर्वाचन क्षेत्रमा बहुमत देखिन्छ उनले भने‘ हामी १ सय ५४ निर्वाचन क्षेत्रमा बहुमतमा छौ, वाम गठबन्धनको पूर्ण बहुमत आउछँ ।’
नेता बिष्टले आफ्ना केही चुनावी एजेण्डा समेत सार्वजनिक गदै आफ्नो क्षेत्रमा शुद्ध पिउने पानी, निःशुल्क स्वास्थ्य सेवाको पहुँच पु¥याउने,स्थानीय सडकहरूको स्तरोन्नती लगायत नयाँगाउँ पिपलधारलाई सुन्तला बगैचाको रुपमा विकास गर्ने समेत योजना रहेको बताए । विष्ट २०५६ साल र २०७० सालको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर ३ वाट प्रतिनिधि सभामा निर्वा्चित भएका थिए ।