रुकुम २०७४ कात्तिक २४ । रुकुम जिल्लाको प्रतिनिधी सभा सदस्यका उमेदवार माओवादी केन्द्रका जनार्दन शर्मा ‘प्रभाकर’ चढेको गाडीमा आज विहान बम प्रहार भएको छ । बम प्रहारबाट मानवीय क्षेतीभने भएको छैन । विना बिभागीय मन्त्री समेत रहेका शर्मा र उनको प्रचार टोली चढेको गाडीमाथी आज विहान चौरजहारी नगरपालिका ८ को गोईरीमा बम आक्रमण गरिएका बताईएको छ ।
यस घटनालाई लिएर वाम गठवन्धनको संयूक्त सचिवालय निर्वाचन प्रचारप्रसार समिति ,जाजरकोटका संयोजक कालीबहादुर मल्लले एक विज्ञप्ती प्रकाशित गरी यसको घोर भत्सर्ना गर्दै उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारसंग जोडदार माग गरिएको छ ।
प्रेस विज्ञप्ति
निर्वाचन प्रचार अभियानका क्रममा नेकपा ( माओवादी केन्द्र) का केन्दीय कार्यालय सदस्य तथा वामगठवन्धनको पश्चिम रुकुमका प्रतिनिधीसभा उम्मेदवार जनार्दन शर्मा (क प्रभाकर) चढेको गाडीमा आज विहान रुकुमको चौरजहारी नगरपालिका — ८ , गोईरीमा ८ ः २० वजे वम प्रहार गरि आक्रमण गरियो । क प्रभाकर चढेको गाडिमा वम प्रहार गर्ने जो सुकै भएपनि यस्ता गैरकानुनी र घृणित कार्यको हामी घोर भत्सना गर्दछौँ । जनताको जनमत वाट वहिस्कृत भएका यस्ता अपराधिक तत्वले कहिले पनि जनताको पक्षमा काम गर्न नसक्ने हाम्रो ठहर छ । यस्ता अमानवीय ,गैरजिम्मेवार कार्यको जति भत्सना गरेपनि कम हुँने छ । उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारसंग जोडदार माग गर्दछौँ ।