बीरबहादुर चोखाल, गल्कोट २०७४ कात्तिक २४ । बामगठबन्धन बागलुङ क्षेत्र नं२ गलकोट नगरपालिकामा संयुक्त दलित परिचालन समितिले दलित वस्तीमा घरदैलो अभियान सन्चालन गरेको छ । गलकोट नगरपालिका वडा न ७ सिरवारेमा अभियान को सुभारम्भ गर्दै ने क पा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य कर्ण परियार बिद्रोहीले दलितलाई समानुपातिक र समावेशी आरक्षणको व्यवस्था सहित ६० वर्षमा बृद्ध भत्ता वामपन्थी सरकारले दिएको भन्दै छुवाछूत मुक्त समाज र दलितको मुक्ति का लागि वाम गठबन्धनका उम्मेदवार लाई जिताउन आग्रह गरे ।
उनले बागलुङ जिल्ला लाई राष्ट्रिय राजनीति मा जोडन देवेन्द्र पौडेल र चन्द बहादुर बुढालाई मतदान गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा दलित मुक्तिमोर्चा का केन्द्रीय सदस्य डिल बहादुर परियार , जातीय समता समाजका सुनकस् परियारले मन्तव्य राखेका थिए।
उक्त अवसरमा छुम बहादुर भित्री कोटिको अध्यक्षतामा ४५ सदस्यीय निर्वाचन परिचालन समिति ,धन बहादुर दर्जीको अध्यक्षतामा २१ सदस्यीय प्रौढ परिचालन समिति, अथक भित्रीकोटीको अध्यक्षतामा ५५ सदस्यीय सुरक्षा समिति , उपेन्द्र परियारको अध्यक्षतामा ११ सदस्यीय मतदाता शिक्षा समिति ,सुनकि परियार को अध्यक्षतामा १५ सदस्यीय महिला परिचालन समिति गठन भएको छ ।
कार्यक्रम जातीय समता समाजका राजकुमार दर्जिको अध्यक्षता , दलित मुक्ति मोर्चाका लोक बहादुर दर्जीको स्वागत र सन्जिव परियारको सन्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी गलकोट नगरपालिका वडा नं ९ बासखोलामा घरदैलो तथ दलित जागरण अभियान सम्पन्न भएको वाम गठबन्धन गलकोटका कार्यलय सचिव खिम साहनीले जानकारी दिए ।