Sorry, that menu does not exist.
 

कम्युनिष्टहरुले देशको विकास गर्छन् भन्ने भ्रममा नपरी काँग्रेसलाई मत दिन खड्काको आग्रह !

बागलुङ २०७४ कार्तिक २५ । निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली काँग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीब्र बनाएको छ । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारका साथमा चुनावी अभियानलाई तीब्र पारिएको हो ।

निर्वाचन अभियान अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (२)को बृहत चुनावी सभा जैमिनी नगरपालिका—२ दमेककको पोखरामा सम्पन्न भएको छ । सभामा बोल्दै राज्यमन्त्री एवं नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ की उम्मेदवार चम्पादेवी खड्काले मुलुकको समृद्धिको नेतृत्व नेपाली काँग्रेसले गर्ने भएकाले नेपाली काँग्रेसलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरिन् । उनले कम्युनिष्ट पार्टीहरुले देशको विकास गर्छन् भन्ने कुराको भ्रममा नपर्न समेत आग्रह गरिन् ।

देशलाई गरिबीतिर धकेल्ने र समृद्धितर्फ लैजान चाहाने दुई शक्तिहरुबीच ध्रुवीकण बढेको भन्दै उनले समृद्धिको नेतृत्व नेपाली काँग्रेसले गरेकाले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक शक्तिले अहिलेको निर्वाचन जित्नु आवश्यक रहेको बताईन् ।

पूर्व सांसद एवं नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश सभा (२) का उम्मेदवार प्रकाश शर्मा पौडेलले साविकको क्षेत्र नम्बर २ को विकासका लागि आफुले अहोरात्र पहल गरेको र अझै धेरै काम गर्न बाँकी रहेकाले आफुलाई विजयी गराउन आग्रह गरे । आफु निर्वाचित हुनेबेलासम्म साविकका ७ वटा गाविसमा मोटरबाटो पुगेकामा आफु निर्वाचित भएपछि २० गाविसमा मोटरबाटो पु¥याउन पहल गरेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले अहिलेको निर्वाचमा लोकतान्त्रिक शक्तिले निर्वाचन जित्ने भएकाले कोही पनि भ्रममा नपरी लोकतान्त्रिक शक्तिलाई मतदान गर्न आग्रह गरे । स्थानीय निर्वाचनमा पनि लोकतान्त्रिक शक्तिसंग तालमेल गर्ने प्रयास प्राविधिक कारणले सफल नभएको भन्दै उनले अहिले देशलाई अन्धकारमा धकेल्ने प्रयास भैरहेकाले लोकतान्त्रिक शक्तिहरुबीचको एकता अपरिहार्य भएकाले आफुहरु गठबन्धन गरेर निर्वाचनमा होमिएको बताए । उनले आफ्नो कार्यकताई नझुक्कीई प्रत्यक्षतर्फ नेपाली काँग्रेसको रुख चिन्हमा र समानुपातिकमा गाईमा मत हाल्न अनुरोध गरे ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव एवं निर्वाचन प्रचार प्रसार समितिका संयोजक नवराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव विष्णुप्रसाद सापकोटा, नेपाली काँग्रेस महासमिति सदस्यहरु किरणराज पौडेल, भीम श्रीस, जिल्ला सदस्य एवं क्षेत्र नम्बर १ प्रतिनिधि सभा (२) का निर्वाचन परिचालन समिति संयोजक हरि आचार्य, जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल, नेपाल विद्यार्थी संघका सहमहामन्त्री एवं महाधिवेसन प्रतिनिधि हरिहर शर्मा, नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, नेविसंघका नेता विष्णु पौडेल, नेपाली काँग्रेस जैमिनी नगरपालिका संयोजक काशिराम शर्मा, तरुणदल क्षेत्रीय अध्यक्ष दलबहादुर श्रीस, जैमिनी नगरपालिकाकी काँग्रेसबाट उपमेयर प्रत्यासी रहेकी कौशिला विक लगायतले मुलुकमा काँग्रेसको विकल्प नभएको भन्दै नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरे । नेपाली काँग्रेस जैमिनी—२ का वडासंयोजक आनन्दप्रसाद अम्माईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूर्व वडा सभापति लक्ष्मीप्रसाद सापकोटा र सञ्चालन विद्यार्थी नेता गणेश सापकोटाले गरेका थिए ।

यसैबीच नेपाली काँग्रेसको चुनावी सभा जैमिनी—३ दमेक चापाखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले जैमिनी नगरपालिका भित्रका सम्भावित विकासका योजना अघि बढाउनका लागि नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह गरिन् ।

बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (२) का काँग्रेस उम्मेदवार प्रकाश शर्मा पौडेलले आफुले विगतमा गरेको योगदानलाई आधार मानी पुनः आफुलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा महासमिति सदस्यहरु भीम श्रीस, किरणराज पौडेलले रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गणेश सापकोटाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply