बिमल खड्का, बागलुङ २०७४ कात्रिक २५ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेलले गरिब जनताको चाहाना अनुरुप आफुले काम गर्ने बताएका छन् ।
पौडेलले बडीगाड गाउँपालिका वडा न १० दर्लिङमा चुनावी सभालाई सम्बोधन गर्दै अब दुखी गरिब सर्बहरा बर्गको लागी लड्ने बामपंथी भएको बताए ।जनताको चाहाना र देशमा स्थायित्व सरकारका लागि बाम घटक एक भएको उनले स्पष्ट पारे । यस अघि पनि जनताले बाम एकता चाहेको बताउदै टुटफुटले यस अघि सम्भव नभएको उनको भनाई थियो ।
उनले भने बाम गठबन्धको सरकार पछि अहिले भएको प्रति व्यक्ति आय २ सय बाट ५ हजार पयाउने लक्ष्य रहेको बताउदै गरिब जनजाति महिला अल्पसंख्यकको अधिकारका लागि ७० बर्ष बामपंथी लडेको पनि बताए ।
ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालीले अब बामपंथी सरकारका लागी गठबन्धनका उमेदवारलाइ बिजयी बनाई यस ठाउको बिकाश र समृद्धि रच्नेकाम जनताको भएको बताउदै अब बामपंथीलाई अत्याधिक बहुमतले जिताउन आग्रह गरे ।
कार्यक्रममा बोल्ने बक्ताले ६० बर्ष काङ्ग्रेसले शासन चलाएपनि जनता माझ बिकाशको अनुभुती हुने गरि काम नगरेको आरोप लगाउदै अब समाजवाद उन्मुख बिकाशका लागी बाम गठबन्धनका उमेदवारलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश ४ का सदस्य प्रेम खरेल अखिल नेपाल महिला क्रान्तिकारी बागलुङ जिल्ला अध्यक्ष कुशुम बुढा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य झन बहादुर थापा राजमोका युवा नेता भिमसेन वन लगाएतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बडिगाड गाउँपालिकावडा १० का अध्यक्ष वीरेन्द्र थापाको अध्यक्ष राजमो बडीगाड वडा १० का सचिव ईश्वरमान बिकको स्वागत र तिर्थलाल बुढाको संचालनमा सम्पन्न भएको थियो ।