Sorry, that menu does not exist.
 

बागलुङका सहकारीकमी काभ्रे र दोलखाका सहकारी संस्थाहरु अध्ययनमा

सुमन जीसी बागलुङ २०७४ कात्तिक २५ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा संघमा आवद्ध संस्थाका सञ्चालक तथा कर्मचारीहरुको ३ दिने अध्ययन अवलोकन भ्रमण कार्यक्रम शनिवार देखि सुरुवात भएको छ ।

सहकारी क्षेत्रवाट देशमा उत्कृष्ट कार्य गरेका सहकारी संघ संस्थाहरुको स्थलगत अवलोकन गर्ने उद्देश्य अनुसार बनेपा जिल्ल बचत तथा ऋण सहकारी संघ लि., जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दोलखा, वुडोल सामुदायिक साकोस,ज्योति मिर्मिरे साकोस, विन्दवासिनी साकोस काभ्रे, जनसचेतन साकोस, फ्रेण्डसीप साकोस, जनकल्याण साकोस दोलखा लगाएतका संघ संस्था तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यतालिका रहेको छ ।

अध्ययन अवलोकन भ्रमणवाट काभ्रे र दोलखा जिल्लाका सहकारी संघ संस्थाहरुले सदस्य सुरक्षाका लागि खेलेको भूमिका, सहकारी एकिकरणको अभ्यास र उपलब्धीको, सहकारी संघ संस्था विचको अन्तरलगानी र संस्थाका उत्पादनहरुको प्रयोग तथा सञ्चालक र व्यवस्थापनको भूमिकाको वारेमा जानकारी लिने जिल्ल बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply