Sorry, that menu does not exist.
 

चुनाव लगत्तै एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुन्छ : माओवादी नेता शर्मा

कमल पौडेल, खर्वाङ २०७४ कात्तिक २५ । शनिवार बडीगाड गाउँपालिका वडा नं. २ खर्वाङमा अगुवा पार्टीका एजेन्टहरुलाई शनिवार प्रशिक्षण दिँद पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य दीनानाथ शर्माले देशको सम्वृद्धिको लागी वाम गठवन्धन भएको वताएका छन् ।

कार्यक्रममा शर्माले लामो समय राजनैतिक परिवर्तनको आन्दोलनहरु भएको अव आर्थिक सम्वृद्धिको समय आएकोले सवै वाम एक ठाम हुनु परेको स्पष्ट पार्दै एमाले र माओवादी विच निर्वाचन लगत्तै पार्टी एकता हुने बताए । उनले कार्यकर्ताहरुलाई एक मनका साथ निर्वाचनमा लाग्न निर्देशन पनि दिए ।

कार्यक्रममा अधिवक्ता हरि प्रसाद शर्माले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न र नेता तथा कार्यकर्ताको आचारसंहिताको वारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य गंगा भुजेल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा बडीगाड संयोजक शान्ति अधिकारी, वडिगाड गाउँपालिका प्रमुख मेयरसिंह पाईजा लगाएतको सहभागिता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply