Sorry, that menu does not exist.
 

प्रवास : कतार नेपाली समाजव्दारा आयोजित अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम समापन ।

उद्धव मगर, दोहा कतार २०७४ कात्तिक २५ । २०१७ नोभेम्वर १० तारीखका दिन कतार नेपाली एकता समाजद्धारा आयोजित शतवार्षिकी कार्यक्रम अक्टुवर क्रान्तिको झण्डालाई उच्च राखौं नयाँ पिढीबाट हजारौं क्रान्तिकारीहरु भर्ना गरौं भन्ने मूल नाराका साथ समापन भएको छ ।

यस कार्यक्रमका सञ्चालक समाजका महासचिव खिम बूढा मगरको सन्चालनमा रहेको उक्त कार्यक्रममा देशमा भएका ठूला साना संर्घमा आहुति दिने ज्ञात अज्ञात योद्धाहरुप्रति एक मिनेट र्मौनधारण गरिएको थियो । मौनधारण पश्चात यस कार्यक्रमलाई सफल पार्न आएका सम्पुर्ण अतिथीहरुलाई संस्थाका सचिव विष्णु थापाले स्वागत गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथी समाजका अध्यक्ष लुमाकान्त पुन मगर, अन्तराषर््िट्रय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा मगर, पूर्व अध्यक्ष दावा लामा, द्धितिय उपाध्यक्ष रामइन्दल थिङ, सचिवालय सदस्य हेमन्त वाईवा, के.स कोषाक्ष्धक्ष धन बहादुर परियार, महिला विभागका अध्यक्ष अमिना खान, अब हुन गईरहेको प्रदेश सभाका समानुपातिक उम्मेदवार जानुका बस्नेत (खडका) बुद्धिजीवी विभागका उपाध्यक्ष हरि प्रसाद शर्मा, रक्तिम विभागका सल्लाहाकार खगेश्वर भूषाल, तथा एरियाबाट उपस्थि रहनु भएका सनैया लेवर सिटीका अध्यक्ष रेशम रोका ,सलता एरिया, शालिकराम पुन, सहलिया एरियाका अध्यक्ष लक्ष्मण कोईराला,दोहा एरिया समितिका गिरी काउछा मगर, मन्सुरा एरिया अध्यक्ष जे.वि राउत सनैया एरिया अध्यक्ष थम्मन थापाको सहभागिता रहेको थियो ।

वक्ताहरुले अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्देश्य र औचित्यको विषयमा प्रष्ट पारेका थिए ।
अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम एउटा विश्वव्यापी कार्यक्रम हो त्यसको लागि हामीले एक वर्षको समय निर्धारित गरेको वताउदै यही बीचमा विभिन्न कारणबस पनि शतवार्षिकी कार्यक्रम तीब्ररुपमा अगाडी बढी रहेको अवस्थामा आगामी दिनहरुमा जोडदार रुपमा निरन्तरता दिने वताईएको थियो ।

यस्तैगरी महिला विभागका अध्यक्ष अमिना खानले आफ्ना भनाई राख्दै यो शतवार्षिकी कार्यक्रम यहाँ मात्रै सीमति नभई संसारभर आयोजना भइरहेको जानकारी गराईन् । उनले अब आउने दिनहरुमा आम महिला दिदी बहीनीले समान हकअधिकारका लागि लडी रहेको अवस्थामा महिला दिदी बहिनीहरु एक भएर अगाडी बढ्नु पर्ने वताएक िथिईन । अन्तमा यस कार्यक्रमका प्रमुख अतिथी लुमाकान्त पुन मगरले कार्यक्रम विधिवतरुपमा कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply