Sorry, that menu does not exist.
 

गल्कोट विकास र समृद्धिका दृृष्टिले पछि परेकाले मलाई पार्टीले यस क्षेत्रमा खटाएको हो – पौडेल

बबिता शर्मा, गल्कोट २०७४ मंसिर २ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि संयुक्त वाम गठबन्धनले आज गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा चुनवी सभा सम्पन्न गरेको छ ।

चुनावी सभामा बोल्दै ने.क.पा. माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं २ का साझा वाम उम्मेदवार देवेन्द्र पौडेल सुनिलले सही विचार बोकेको सक्षम जनप्रतिनिधिको अभावमा बागलुङ जिल्लाको गल्कोट क्षेत्र विकासको र समृद्धिका दृृष्टिले पछि परेकाले संविधानले परिकल्पना गरेको समाज उन्मुख राष्ट्र निर्माणका लागि साकार पार्न र यस क्षेत्रलाई विकासको मूलधारमा जोडन आपूmलाई पार्टीले यस क्षेत्रमा खटाएको बताउदै आपूmलाई मतदान गर्न आग्रह गरे ।

ने.क.पा. माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य तथा बागलुङ क्षेत्र नं २ प्रदेश सभा क का उम्मेदवार चन्द्रबअहादुर बुढा सागरले २०४६ को परिवर्तन , जनयुद्ध र जनआन्दोलनमा पाण्डवखानीका जनताको महान त्याग भएको स्मरण गर्दै आगामी निर्वाचनमा उत्पीडित जनजाति, दलित महिला किसानको अधिकार सुनिश्चित गर्नकालागि वाम उम्मेदवारलाई अत्याधिक मत दिन आग्रह गरे ।

उक्त अवसरमा ने.क.पा. माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रेशम थापा, ताराखोला गाउंपालिका का अध्यक्ष प्रकाश घर्ती , पूर्व सांसद केसरी घर्ती, समानुपातिक उम्मेदवार डिलकुमारी रोका, पूर्व सांसद केशरी घर्ती, नेकपा एमालेका जिल्ला सदस्य बुलबहादुर केसी, राष्टिय जनमोर्चा गलकोटका संयोजक टंकबहादुर केसी, तिलक उप्रेती, हिमाल श्रीस लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम राष्टिय जनमोचाका तिर्थबहादुर श्रीसको अध्यक्षता , संयुक्त वाम गठबन्धन गलकोट नगरपालिका वडा नं १० का संयोजक छमबहादुर काउचाको स्वागत र नेकपा एमालेका जे बी श्रीस्को सत्तचालनमा सम्पन्न भएको थियो ।

यसैवीच वाम गठबन्धनको निर्वाचन केन्द्रित घरदैलो कार्यक्रम आज काडेवासमा सम्पन्न भएको छ ।

गलकोट नगरपालिका वडा नं ८ काडेवास र बिकौटमा भएको अभियानमा बोल्दै ने.क.पा. माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं २ का साझा वाम उम्मेदवार देवेन्द्र पौडेल सुनिलले शान्ति लोकतन्त्र स्वाधिनता र स्वाभिमान नेपालीको पहिचान सहित सुखी जनता समृद्ध नेपाल बनाउने महान अभियानमा नेपालका वामपंथी शक्ति ध्रुविरया भएकाले अब नेपालमा गाउदेखी केन्द्रसम्म वामपंथी सरकार हुने भन्दै यस क्षेत्रलाई राष्ट्रिय राजनीतिमा लगेर विकास गर्नका लागि आपू लगायतका सािझा वाम उममेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

अभियानमा राष्टिय जनमोर्चा बागलुङका उपाध्यक्ष बेदीलाल सापकोटाले वाम गठबन्धन रहर र आवेशमा आएर नगरिएको भन्दै समयको माग जनताको चाहना र ऐतिहासिक आवश्यकताले भएकोले साझा वाम उम्मेदवारका पक्षमा एकताबद्ध भएको बताए ।

अभियानमा ने.क.पा. माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य तथा बागलुङ क्षेत्र नं २ प्रदेश सभा क का उम्मेदवार चन्द्रबअहादुर बुढा सागर ने कपा एमालेका जिल्ला सदस्य बुलबहादुर केसी,नेकपा माओवादी केन्दै गलकोट नगरपालिका का अध्यक्ष तिलक उप्रेती, पदम सलामी, पूर्व गाविस अध्यक्ष अग्नीधर कडेल लगायतले मन्तव्य राखेका थिए । अभियान नेकपा एमाले गलकोट संयोजक डम्मरबहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply