Sorry, that menu does not exist.
 

छिस्तीबाट नेपाली काँग्रेसका १ सय ५० जना कार्यकर्ता बामगठबन्धनमा प्रवेश !

विजय राना, बागलङ २०७४ मंसिर २ । शनिबार छिस्तीमा बाम गठबन्धनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा छिस्तीबाट नेपाली कांग्रेसका १ सय ५० जना भन्दा बढीले पार्टी परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका छन् । छिस्ती कांग्रेसको गढ मानिएको छिस्ती गाउँ हो । यसले बाम गठबन्धनको चुनावी माहोललाई उत्साहित बनाएको छ ।

प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा बाम गठबन्धनका साझा उमेदवारलाई विजयी बनाउने भन्दै १ सय ५० जना भन्दा बढिले कांग्रेस परित्याग गरी वाम गठबन्धनमा आबद्ध भएका हुन् ।
पटक–पटक नेपाली कांग्रेसलाई मतदान गरेका उनीहरुले कांग्रेसले जित्दा पनि आफुहरुले कुनै पनि परिवर्तनको अनुभुति गर्न नसकेको बताउँदै पार्टी परित्याग गरेको बताएका थिए ।
नेपाली कांग्रेसले राष्ट्रिय स्तरमा पटक–पटक बहमुत पाएर पनि स्थिर शासन सञ्चालन गर्न नसकेको तथा स्थानीय स्तरमा जितेर पनि जनताको पक्षमा काम गर्न नसकेको भन्दै कांग्रेस परित्याग गरेको उनीहरुको भनाई थियो ।

नेपाली कांग्रेसको गढका रुपमा रहेको छिस्ती वाइनकुनामा गठन भएका भ्रमण नेपाल युवा क्लव र भ्रमण नेपाल आमा समुहमा आबद्ध १ सय ५० जना भन्दा बढी कांग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

चुनावका बेला विभिन्न प्रलोभन देखाउने, विकासका चिल्ला कुरा गर्ने र चुनाव जिते पछि फर्केर जनताको माझमा नआउने कांंग्रेसको कार्यशैली र राष्ट्रियताको विषयमा देखिएको अलमल र भारतपरस्त शैलीका कारण कांग्रेस परित्याग गरेको उनीहरुको भनाई छ ।

कांग्रेले देश चलाउन सक्दैन, बाम गठबन्धनले जनताको भावना बुझेर काम गर्छ हामी भोट बाम गठबन्धनलाई दिन्छौँ स्थानीय समाजसेवी टेकबहादुर थापाले जानकारी गराउनु भयो ।
कांग्रेसले बागलुङको दक्षिणका छिस्ती, पैयुँपाटा र तल्लो दमेकलाई आफनो गढको रुपमा मान्दै आएको छ ।

कार्यक्रममा बाम गठबन्धनमा प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लिलाबहादुर थापा, प्रदिप थापा, नेकपा एमालेका प्रदेश न. ४ का सदस्य श्रीप्रसाद शर्मा, रामबहादुर जिसी, कृष्ण पाठक, प्रदिप थापाले अबिर र फुलमाला लगाएर स्वागत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply