Sorry, that menu does not exist.
 

राज्यका हरेक निकायमा मगर समुदायको पहुच बढाउन मगर विद्यार्थीको भुमिका अपरिहार्य : वक्ता

कविता घर्तीमगर, कास्की २०७४ मंसिर २ । राज्यका हरेक निकायमा मगर समुदायको संख्या र पहुच बृद्धि गर्नका लागी मगर विद्यार्थीको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती कास्कीले आयोजना गरेको रमाईलो वनभोज तथा भेटघाट कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले यस्तो मन्तब्य ब्यक्त गरेका हुन ।

उक्त अवसरमा प्रमुख आथित्यता ग्रहण गरेकी नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य तथा तमुवान ईन्चार्ज दीपा थापा मगरले अवको मगर समुदाय चेतनशील र विबेकशील हुन आवश्यक छ भन्दै मगर विद्यार्थी सरकारी संघसंस्थाका विभिन्न तहतप्काका तहमा प्रतिस्पर्थामा आफुलाई हाक्न सक्ने सामथ्र्यवान बन्न पुर्नेमा जोड दिएकी थिईन । साथै उनले विद्यार्थी आफैमा भविश्यका कर्णधार भएका कारण मगर अस्तित्वको अधिकारका लागी सधै एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताईन् ।

त्यसै गरी मन्तब्यकै क्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य प्रेम रोका मगरले राज्यले नै विभेद गरेको विगतका मगर समुदायको आर्थिक ,भौतिक ,नैतिक तथा राजनैतिक पहुजलाई सम्भावनायुक्त उदाउदो मगर विद्यार्थीले अवको ५ वर्षमा राज्यका हरेक निकायमा ५० प्रतिशत पहुज बढाउनु पर्ने बताए । उनले आउदो प्रदेश सभा निर्वाचनमा जुन पार्टीमा आवद्ध भएपनि मगर समुदायको माग सम्वोधन गर्ने ब्यक्तिालाई जिताउनुपर्नेमा जोड दिए ।

त्यस्तै मगर पत्रकार संघका केन्द्रिय सचिव मनोज घर्तीमगरले मगर विद्यार्थी संघले आयोजन गर्ने यस्ता खालका कार्यक्रमले एक आपसको सम्बन्धलाई थप मजबुत बनाएर एकआपसमा भाईचारा, सहकार्य, सहयोग र छलफल गर्नमा थप हौशला पुग्ने भन्दै आगामी दिनमा सशक्त भएर अगाडी बढनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ अञ्चल उपाध्यक्ष नेत्र घर्तीमगर ,नेपाल मगर विद्यार्थी संघ तनहुका अध्यक्ष ऋितु आले मगर, नेपाल मगर विद्यार्थी संघ गोरखाका अध्यक्ष सुस्मिता पुलामी मगर, लगाएतले बोलेका थिए । सोही अवसरमा देउसी भैलो कार्यक्रममा सहयोग गर्ने सहयोगदाता तथा नृत्य प्रस्तुत गर्ने कलाकालाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती कास्कीद्धारा देउसी भैलो कार्यक्रमबाट संकलित रकम कास्की अन्तर्गत विभिन्न विद्यालयमा छात्राबृद्धि अक्षयकोष खडा गरि गरिव तथा जेहेन्दार मगर समुदायका विद्यार्थीलाई वितरण गरिने समितीका सचिव प्रेम बुढामगरले बताएका छन् ।

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती कास्कीका अध्यक्ष दिनेश रोका मगरको अध्यक्षता तथा सचिव प्रेम बुढामगरको सञ्चालनमा भएको कार्यक्रममा कास्की जिल्ला अन्तर्गतका विभिन्न विद्यालयका इकाई समिती सदस्य र आमन्त्रित विशिष्ट अतिथीहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply