सुमन सुनार, २०७४ मंसिर ३ । कर्म फ्लाईट्स फाउन्डेशन पोखराले निसीखोला गाँउपालिका वडा नं. २ अर्नाकोट देउरालीका महिलाहरुलाई बाख्रा वितरण गरेको छ ।
फाउन्डेशनद्धारा सञ्चालित जिविको पार्जन र महिला सशक्तीकरणका लागी बाख्रा पालन कार्यक्रम अन्तर्गत शनिबार एक कार्यक्रमका विच त्यहाँका महिलाहरुलाई बाख्रा वितरण गरिएको हो । स्थानिय ५१ जना महिलाहरुलाई प्रति महिला १÷१ वटाका दरले करिव ५ लाख ६० हजार बराबरको बाख्रा वितरण गरिएको कर्मफ्लाईट्स फाउण्डेशन पोखराका प्रबन्ध निर्देशक प्रेम बहादुर कुँवरले बताए ।
उक्त कार्यक्रममा नेपाल माउन्टेन एडका कर्मचारी जोरडन, एडका संयोजक मिडचेल, होल्यान्डकी नर्र्स भेर्ली, बाख्रापालन कार्यक्रमका संयोजक राज परियारको विशेष उपस्थीती रहेको थियो ।
यसैविच कार्यक्रम कै अवसर पारेर होल्यान्डकी नर्स भेर्लीद्धारा देउरालीमा रहेका बराह बालक्लव, सिवेरी बालक्लव र घम्पु बाल विकास केन्द्रलाई १÷१ ओटा ह्वाईटबोर्ड र मादल सहयोग गरिएको अर्नाकोट आधारभुत विद्यालय देउरालीका प्रधानाध्यापक झम बहादुर कुँवरले जानकारी दिए । नर्स भेर्लीले अवको २ महिना सम्म अर्नाकोट देउरालीमा रहेर स्थानियलाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम समेत रहेको प्रधानाध्यापक कुँवरको भनाई छ ।
बाख्रापालन कार्यक्रमका अध्यक्ष लाल बहादुर कुँवरको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन अर्नाकोट आधारभुत विद्यालयका शिक्षक बेग बहादुर कुँवरले गर्नुभएको थियो ।