Sorry, that menu does not exist.
 

गल्कोटमा ५० शैयाको अस्पताल तथा प्राविधिक क्याम्पस निर्माण गर्ने पौडेलको उद्घोष !

थम्मन थापा, बागलुङ २०७४ मंसिर ४ । नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं २ का साझा बाम उम्मेदवार देबेन्द्र पौडेल सुनिलले देशभर बामपन्थी जनलहर बढेको भन्दै बागलुङमा पनि बाम शक्तिको जित सुनिश्चित भएको बताएका छन ।

बागलुङको गलकोट नगरपालिका ४ डाँडाखेतमा बाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै पौडेलले अब १० वर्ष कम्युनिष्टको सरकार बन्ने निश्चित भईसकेको बताए । उनले यो पटक मत खेर नफाल्नपनि आग्रह गरे ।

आफु मध्यपहाडी लोकमार्गको स्तरोन्नति, गल्कोट हुँदै ताराखोला, म्याग्दी, मुस्ताङ सम्म जोडने करिडोर, घुम्टे लेक, निलुवा, गाईघाट झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, बागलुङ जिल्ला भर सडक सञ्जाल, कृषि, पर्यटन र युवा स्वरोजगारमा कार्ययोजना निर्माण गर्न प्रतिवद्व रहेको बताए ।

पैडेलले गल्कोट नगरपालिकामा ५० शैयाको अस्पताल र प्रावधिक क्याम्पस निर्माण गर्ने उद्घोष गरे । अब प्रति व्यक्ति वार्षिक आय ५ लाख पुराउने पौडेलको भनाई रहेको छ । चुनावी सभामा बागलुङ क्षेत्र नं २ क का प्रदेशसभा सदस्य चन्द्र बुढा सागरले बागलुङमा बामपन्थीको संगठन जनआधार, देशव्यापी वर्तमान मनोविज्ञान र बामपन्थी एकताको कारण जित सुनिश्चित भएको बताए। राष्ट्रको समृद्वि र विकासको लागि बामगठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

चुनावी सभामा नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, युवा बामपन्थी नेता लोकेन्द्र सुवेदीले बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply