Sorry, that menu does not exist.
 

निसीखोलाको राजकुतमा संयुक्त बाम गठबन्धनको चुनावी सभा सम्पन्न

सुमन सुनार बुतिवाङ २०७४ मंसिर ५ । निसीखोला गाउँपालिकाको वडा नं. ७ राजकुतमा हिजो संयुक्त बाम गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । गठबन्धनले आयोजना गरेको चुनावी सभामा त्यहाँका यसौं दलित समुदायका काँग्रेस समर्थकहरु गठबन्धनमा प्रवेश गरेका छन् ।
त्यहाँका उपल्ला जातिहरुले जातिले दलित समुदाय प्रति अन्याय गरिरहेको बताउँदै उनीहरु आफ्नो मुक्तिका लागि बाम गठबन्धनमा प्रवेश गरेको त्यहाँका दलित समुदायका अगुवा सूर्य विश्वकर्माले बताए । बाजागाजा सहित यस अघि काँग्रेस समर्थन गर्ने दलित युवा सहितको समुदाय बामगठबन्धनमा प्रवेश गरेको बताइएको छ । यसरी गठबन्धन प्रवेश गर्नेहरुलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य तुल्सीराम अर्याल, नेकपा एमाले प्रदेश नं. ४ काठमाण्ठौ सम्पर्क समिति संयोजक लिला शेरचन, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य खीमविक्रम शाहीले संयुक्तरुपमा फूलमाला र अविर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै माओवादी नेता तुल्सीराम अर्यालले, जनताको सुखः दुखसँग साथदिने बामपार्टीहरु एक ठाउँमा भएको र भोलीको राज्य समेत बामपार्टिले सञ्चालन गर्ने भएकाले आफ्नो मुक्ति चाहने वर्गले बामपार्टी रोज्नु पर्ने बताउनुभयो । उनले थप बोल्दै दलित उत्पीडित र गरिखाने वर्गको आवाज बोल्ने कम्युनिष्ट पार्टी मात्र भएकाले अब पनि अरुपार्टीलाई मत खेर नहाल्न जनतालाई आग्रह गरे ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय महासचिव उजिर मगरले, जनताको चाहना अनुसार नेपालका बामपार्टीहरु एकढिक्का हुँदै स्थायी सरकार निर्माणको अभियानमा लागेको हुँदा सबै जनताले अव स्थायीत्व र विकासका लागि बामपार्टिका उमेदवारहरुलाई मतदान गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा एमालेका टंक प्रसाद पौडेल, लिला शेरचन, राष्ट्रिय जनमोर्चाका खीमविक्रम शाही लगायतले मन्तव्य राखेका थिए ।
डेमलाल श्रेष्ठको अध्यक्षता लालविर लोप्चनको स्वागत मन्तव्य र टेकबहादुर घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply