नारायण रिजाल, बागलुङ २०७४ मंसिर ५ । नेपाली काँग्रेस क्षेत्र नं १ (२) को चुनावी प्रचार तथा घरदैलो कार्यक्रम पैयुँपाटामा सम्पन्न भएको छ । काँग्रेसका उम्मेदवार चम्पादेवी खड्का र प्रकाश पौडेल मंगलबार आफ्नै जन्मस्थलो पैयुँपाटाका घरदैलो कार्यक्रममा व्यस्त रहेका छन ।
साविको पैयुँपाटा ७ पाग्जा, बास्कोट, हुँदै सुरु गरिएको घरदैलो अभियान घडेरी, चिसाखोला, काभ्राबोट जलजला लगातयतको स्थानमा मतदाताको घर घरमा उम्मेदवार द्धय चम्पा देवी खड्का र प्रकाश पौडेल आफ्नो पक्षमा मत माग्दै हिडिरहेका छन ।
घरदैलो अभियानको अवसरमा बास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नंं १ का प्रतिनिधि सभाका उम्मेदवार चम्पा देखी खड्काले आफु जन्मेको गाउँको विकासका निम्ती अहोरात्र खटने बताएकी छन । उनले आफ्नो चेलीलाई यस क्षेत्रको विकास गर्ने मौका दिनका लागि रुख चिन्हमा मतदान गरी एउटा अवसर प्रदान गर्नका लागि आग्रह गरिन । खड्काले प्रदेश सभाका उम्मेदवार प्रकाश शर्मालाई देखाउँदै भनिन, उहाँ पनि यहीको छोरा हो म पनि यहीको छोरी हो छोरा छोरीलाई कुन स्थानमा राख्ने त्यो जिम्मेवारी यहाँको हातमा छ ।
खड्काको माईती घर र पौडेलको जन्मघर पैयुँपाटामा नै हो । त्यसै गरी प्रदेश सभाका उम्मेदवार प्रकाश शर्मा पौडेलले काँग्रेस आर्थिक समृद्धिको पक्षमा लागेको कारण स्थानिय कृषी उत्पादन, र प्रवद्र्धनका लागि आफुले फरक खालको योजना बनाएको बताए । उनले पैयुँपाटा आफ्नो जन्म थालो पनि भएका कारण यहाँका पुर्वाधार विकास निम्ती हरेक क्षेत्रबाट पहल गर्ने बताए । पौडेलले भने तपाईको छोरा र छोरीलाई समाजको विकास गर्ने भौका दिनुहोस केही गर्न सकिएन भने गालि गर्न पनि सक्नुहुनेछ उनले यस क्षेत्रको विकासको बतावरण मिलाउनका लागि आगामी निर्वाचनमा काँग्रेसको पक्षमा भोट दिनका लागि आग्रह गरे ।
कार्यक्रममा महासमिति सदस्य किरणराज पौेडेलले देशको विकास र निकासका निम्ती नेपाली काँग्रेसलाई बिजयी गराउनुपर्ने बताए । त्यसै गरी नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीले विशेष गरी समाज विकासको मेरुदण्ड भनेको युवाहरु रहेका कारण आम युवाहरुको काँग्रेसलाई साथ रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्र बहादुर खत्री, लगायतले सबै मतदातालाई काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । बास्कोटका टोल संयोजक सुरज रिजालको अध्यक्षता वडा सदस्य भवानी प्रसाद रिजालको स्वागत र काँग्रेस पैयुँपाटाका उपसभापति नरप्रसाद रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।