Sorry, that menu does not exist.
 

निर्वाचन पर्यवेक्षणको भूमिका सी सी टिभीको जस्तो हुन जरुरी : पण्डित

बागलुङ २०७४ मंसिर ९ । प्रमुख निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्रपुर्वक सम्पन्न गर्न कार्यालय तयार रहेको बताउदै निर्वाचन पर्यवेक्षणको भुमिका सी सी टिभीको जस्तो हुन जरुरी रहेको उल्लेख गरेका छन् ।

आम निर्वाचन पर्यवेक्षण समितिले शुक्रवार बागलुङमा आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश समेत रहेका पण्डितले युरोपियन युनियनको पर्यवेक्षणको भुमिका आफ्नो कार्य क्षेत्र भन्दा अलि गलत खालको देखिएको बताएका थिए ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बागलुङ जिल्लामा शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त भएकाले मतदानमा निर्धक्क भएर सहभागी हुन मतदातालाई आग्रह गरेका थिए ।
अर्का बक्ता चिरञ्जीवी खनालल,े भनिए जस्तै चुस्त दुरुस्त भए नभएको बारे पनि आवश्यक अनुगमन निर्वाचन पर्यवेक्षण गर्ने पर्यवेक्षकले गर्न जरुरी रहेको उल्लेख गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख विकाशचन्द्र पौडेलले पर्यवेक्षकले आफ्नो सीमामा रहेर पर्यवेक्षण गर्नुपर्ने बताउदै मतदान गर्ने बाहेकको केन्द्रमा गएर मात्रै पर्यवेक्षण गर्न आग्रह गरे ।

कार्यक्रमको संचालन नेपाल कानुन समाज बागलुङका अधिवक्ता राम शर्माले गरेका थिए । सो अवसरमा बागलुङ जिल्लाबाट १६ जनाले निर्वाचन पर्यवेक्षण गर्ने अनुमति पाएको समाजकी सावित्री खड्काले जानकारी दिएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply