Sorry, that menu does not exist.
 

पर्यटन विकासको पहिलो आधार प्रचार प्रसार भएकाले पत्रकारको भूमिका महत्वपूर्ण !

खगेन्द्र विश्वकर्मा बागलुङ २०७३ माघ १८ । समग्र बागलुङ जिल्ला र बागलुङ आसपासका पर्यटकीय विकासमा सहयोग पु-याउने उद्धेश्यका साथ नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा पर्यटन पत्रकारिता तालीम बागलुङ सदरमुकाममा आजै सम्पन्न भएको छ ।

तालिमको उद्घाटन गर्दै सांसद प्रकाश शर्मा पौडेलले पर्यटन विकासको पहिलो आधार प्रचार प्रसार भएकोले त्यसको लागी पत्रकारले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउदै यसैकारण आफुले यो तालिमको लागी सांसद विकास कोषबाट आर्थिक संयोजन गरेको बताए ।

मन्तव्यको क्रममा प्रमुख अतिथी सांसद पौडेलले बागलुङको ताराखोलामा ५० करोडको आलु उत्पादन भएको समाचार राजधानीका सन्चारमाध्यममा प्रकाशित भएको देखेपछी तारा खोलको आलु राम्रो हुन्छ ल्याईदिनु भनेर साथीहरुले भनेको स्मरण गर्दै तालिमको सन्दर्भमा आलुको प्रशंग जोडेर पत्रकारिताले पर्यटन र उत्पादित बजारको प्रवृद्धनको महत्वलाई उजागर गरे ।

बागलुङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बागलुङमा विभिन्न पर्यटकीय संभावना बोकेको ठाँउहरु बागलुङ कालिका मन्दिर, पाँचकोटहरुले बानपा ८ सिमको पंचकोट, ढोरपाटन लगायतका स्थलहरु महत्वपुर्ण रहेको बताए । भकुण्डे गासिको होम स्टेल तथा पाहुना घर, घुम्टेलेख ,डुँडेलेक, गल्कोट स्टोन भिलेज लगाएतको स्थल रहेकोले यसको विकासको लागी स्थानीयहरुको सक्रियतामा पर्यटकीय विकासको महत्वपूर्ण भुमिका रहने उनको भनाई थियो।

जिल्लाका विभिन्न पर्यटकीय संभावना बोकेका स्थानहरुलाई प्रकाशमा ल्याउन पत्रकार र मेडियाहरुको महत्वपुर्ण भुमिका रहने स्थानीय विकास अधिकारी राम प्रसाद आचार्यले बताए।

तालिमको उद्घाटन कार्यक्रममा पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया लगायत जिल्लामा क्रियाशील राजनीतिक दलहरुको प्रतिनिधीहरुले शुभकामना दिएका थिए ।

तालिम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता उपाध्यक्ष दिलिप पौडेलको स्वागत र सचिव दिल शिरीषको संचालनमा उत्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

तालिम बागलुङका क्रियाशील २० जना पत्रकारहरुलाई बरिष्ठ पत्रकार अमृत भादगाँउले र पर्यटन बोर्ड पोखराका बरिष्ठ अधिकृत सूर्य थपलीयाले प्रशिक्षण तथा तालिम दिनु भएको थिए । तालिममा बागलुङको पर्यटकीय विकासको लागी पत्रकारहरुले पत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईमा प्रकाशन गर्ने सामाग्री लेखनको लागी विभिन्न किसीमको लेखन कला तथा आधारभूत लेखन सुत्र ४ ए , र ४ पी , ८ पी को बारेमा प्रशिक्षकले जानकारी दिएका थिए । तालिमका लागि सांसद पौडेलले नं २ को क्षेत्र सांसद विकास कोषबाट रु १ लाख ५० हजार सहयोग गरेका हुन् ।

तालिमबाट वचेको रकम पत्रकार महासंघको निर्माणाधीन भवनमा खर्च गरिने महासंघले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply