Sorry, that menu does not exist.
 

साताको तस्वीर : बिक्रीमा शालीग्राम !

पवित्र कालीगण्डकी नदीमा पाईने (उत्पत्ति हुने) सामान्यतया कालो रंग र गोलाकारको शालीग्राम शिला विश्वमै प्रशिद्ध मानिन्छ । शालीग्राम एक प्रकारको जीवाश्न पत्थर हो र यस्लाई हिन्दुधर्मावलम्वीहरुले भगवान विष्णुको प्रतीकका रुपमा पूजा गर्दछन् ।

हिन्दु धर्ममा आमरुपमा मानवरुपी धार्मिक मुर्तिहरु प्रतिनिधित्व गर्छन् । हिन्दुहरु प्रतीक चिन्हलाई पनि समानरुमा प्रयोग गर्छन् । शालीग्राम भगवानको प्रतिनिधित्व रुपमा मानिन्छ जसमा श्रद्धालुहरु ध्यान केन्द्रित गर्न सकुन् ।

खासगरी मुस्ताङ क्षेत्रमा पवित्र कालीनदीको किनारमा शालीग्राम पाईने हुँदा श्रद्धालुहरुले कालीगण्डकी किनारमा शालीग्राम खोज्ने गर्छन् । अहिले सडक यातायातको विकास भएसँगै मुक्तिनाथ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुले मुक्तिनाथ जाने बाटोमा विक्रीका लागि राखिएका शालीग्रामहरु किनेर लैजाने गर्छन् ।

मुक्तिनाथ मन्दिर नजिकै विक्रीका लागि सजाएर राखिएका शालीग्राम शीलाहरुको तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।

तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply