चन्द्रमणि न्यौपाने, गल्कोट २०७४ मंसिर १२ । सातसय बगाले थापाहरुको कुलपूजा गल्कोट नगरपालिका–७ मल्ममा आज सम्पन्न भएको छ ।
सातसय बगाले थापा समाज, मल्मको आयोजनामा भएको सो कुलपूजा समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा फेवा सिटी हस्पिटल प्रालि पोखराका वरिष्ठ फिजिसियन डक्टर बुद्वि बहादुर थापाले देश विदेशमा छरिएर रहेका बगाले थापा बन्धुहरुलाई राष्ट्र सेवा र नेतृत्व तहमा पुग्न पुर्खजको ईतिहासबाट पाठ सिक्नु पर्ने बताए । आपसी मेलमिलाप, बन्धु एकता, भाईचारा र सद्भावका लागि कुलपूजालाई अवसरको रुपमा लिनुपर्नेमा उनको जोड थियो ।
सातसय बगाले थापाहरुको ठुलो पर्वको रुपमा मानिने कुलपूजामा बागलुङ जिल्लाका विभिन्न भागहरु, गुल्मी, बुटवल, पोखरा, काठमाण्डौ, नारायणगढ, नेपालगंज र भारतको देहरादुन, दिल्ली र विदेशसम्म फैलिएका बगाले थापाहरुको सहभागिता रहेको थियो।
बिहानै निशान घरदेखि नौमती बाजा र पञ्चकन्याको साथमा कुल मन्दिरसम्म कलश यात्रा, झण्डोत्तोलन, बलि, पूजा, प्रसाद वितरण र सामुहिक भोजको कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा बगाले थापा बन्धुबाट पत्रकारिता मार्फत देशको सेवा गर्ने पत्रकार ओम थापा, राम थापा अविरल, थम्मन थापा सन्देश र उषा पौडेल, कलाकार बसन्त थापा र दुर्गेश थापा, जनप्रतिनिधिहरु वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापा, कर्ण बहादुर थापा, बमबहादुर थापा, शैक्षिक क्षेत्रमा उत्कृष्ट हुने विभिन्न बन्धुहरु, ज्येष्ठ नागरिक, अक्षयकोषकर्ता, चन्दादाता, जग्गादाता लगायतलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्मा, धौलागिरी अञ्चल बगाले थापा समाजका अध्यक्ष भिम बहादुर थापाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रम सातसय बगाले थापा समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, केन्द्रिय प्रतिनिधि दल थापाको स्वागत र सञ्चारकर्मी थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।
सातसय बगाले थापाहरुको कुलपूजा सम्पन्न : कुलपूजालाई अवसरको रुपमा लिनुपर्नेमा जोड
२०७४ मंसिर १२, मंगलवार १६:५२
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०