Sorry, that menu does not exist.
 

गजल: कसरी शान्ति हुन्छ र आमा ?

बन्दुक गोलि चलाएर शान्ति हुन्छ र आमा ?
देशको सत्ता ढलाएर शान्ति हुन्छ र आमा ?

बुद्धिमानी,बेरोजगारी युवाहरु,
मरुभूमिमा गलाएर शान्ति हुन्छ र आमा ?

एउटा देशको सयौं झन्डा बनाएर यहाँ,
रास्ट्रीय झण्डा जलाएर शान्ति हुन्छर आमा ?

खानी पनि नेपालको, पानी पनि नेपालको,
बिदेशी बत्ती बलाएर शान्ति हुन्छ र आमा ?


सुरज गिरि
*गजल प्रेमी ।

बोहरागाउ -८ कानाबगर
उमेर : १६ बर्ष / अद्ययन : कक्षा : ८
बिद्यालय : जन माद्यामिक बिद्यालय बोहरागाउ:९ झिम्पा।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply