Sorry, that menu does not exist.
 

गल्कोटको व्यापारिक केन्द्र हटियाको साँघुरा सडकमा फुटपाथ नहुँदा दुर्घटनाको जोखिम बढ्यो

गुमानसिँह भण्डारी, गल्कोट २०७४ मंसिर १३ । मध्यपहाडी लोकमार्गसंग जोडिए सँगै गल्कोट क्षेत्रको महत्वपर्ण व्यापारिक केन्द्र बनेको हटिया बजार अहिले नराम्ररी साँघरिएको छ । तीब्ररुपमा सडक निर्माण र बिस्तर त भयो, तर सडक किनारमा फुटपाथ नहुदाँ पैदल यात्रीले जोखिमपुर्ण यात्रा गर्न बाध्य छन । मध्यपहाडी लोकमार्ग स्तरउन्नती भएसँगै बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेर गएको हो ।

सड्क छेउछाउमा फुटपाथ नहुदाँ सड्कबाटै पैदल यात्रा गनुपर्ने बाध्यता रहेको धौलागिरी बस ब्यवसायी समितिका प्रतिनिधि महेन्द्र खड्काले बताए । हटिया बजार क्षेत्रमा सवारी पार्किङ स्थलको अभाव त्यसमाथी फुटपाथ नहुदाँ पैदल यात्रीहरुको यात्रा जोखिपुर्ण बन्दै गएको छ ।

लोकमार्गमा सवारी साधनको गति तिब्र हुने हुदाँ दुर्घटनाको खतरा बढ्दै गईरहेको बजारबासी वीरेन्द्र श्रेष्ठले बताए । लोकमार्ग निर्माण कम्पनीले फुटपाथ नबनाएकाले पैदल यात्री र सवारी चालकहरुले दुर्घटनाको खतरा सामना गनुपर्ने बाध्यता रहेको ट्याक्सी चालक गगन कुबर भन्छन । हामीहरु बिहानमा शारिरिक ब्यायामका लागी लोकमार्गमा हिड्दा पनि कतै सवारी साधन ठोकिन आउँछ कि भन्ने डर हुन्छ बजारबासीले भने फुटपाथ निर्माण गर्न जरुरी रहेका बताएका छन् ।

त्यस्तै सडक छेउमा सवारी पार्किङ हुँदा सर्वसाधारण तथा सवारीसाधन आवागमन प्रभावित बनेको छ । साँघुरो ठाउँमा सवारी पार्कीङ गर्दा गाडी फर्काउन पनि समस्या हुने गरेको सवारी चालकहरुको भनाई छ ।

केहि महिन यता हटिया बजारमा साना सवारी साधन ट्याक्सीहरुको दुर्घटनाको क्रम बढेको छ । हिँजो मात्रै हटियाबाट नरेठाँटी जाँदै गर्दा एउटा ट्याक्सी दुर्घटना हदा तीनजना यात्र घाईते भएका थिए । सडक साँघुरो भएका कारण हने दुर्घटना न्यनीकरण गर्न सरोकारवालाहरुको समयमै ध्यानाकर्षण हुन जरुरी छ ।

सार्वजनिक ठाउँको अभावमा पार्किङ स्थल बनाउन नसकिएको यहाँका सरोकारवालाको भनाई छ । सानो क्षेत्रफलमा अवस्थित ठाउँमा सडकमै गाडी पार्किङ लोड अनलोड गर्नुपर्दा समस्या भएको यातायात व्यवसायीहरुले बताएका छन् । उचितस्थान अभावमा जहाँ पायो त्यही पार्किङ हुँदा दुर्घटनाको सम्भावना बढेको स्थानीयवासीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply