मेघराज रिष्मेली, जापान २०७४ मंसिर १४ । बिहिवार नेपालबाट रोजगारको शिलशिलामा जापान आएका नेपालीहरूको साझा संगठन जापान नेपाली एकता समाजको प्रथम सम्मेलन आगामी डिसेम्बर घण् मा भित्रमा जापानको ओसाकामा सम्पन्न हुने भएको छ ।
सम्मेलनको लागि जापानमा विभिन्न पेसामा छरिएर रहेका नेपालीहरूलाई उक्त प्रथम राष्ट्रिय सम्मेलन भव्य एंव सभ्य रूपमा सम्पन्न गर्नको लागि सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ र यो संगठन पार्टीगत रूपमा स्थापना नभई नितान्त नेपाली र नेपालीहरूको हक हित गर्नमा तत्पर्ताको लागि स्थापना भएको यस संस्थाका संस्थापक बरिष्ठ उपाध्यक्ष भिम के सीले जानकारी दिए ।
यस सम्मेलनको बन्द सत्र र नयाँ कार्य समितिको घोषणा सभा समय र सम्भव भए सम्म टोकियोबाट नयाँ बर्ष द्दण्ज्ञड को शुभकामना आदान प्रदानको साथै सास्कृतिक कार्यक्रमको बिचमा सार्वजनिक गरिने उपाध्यक्ष केसीले बताए।
नयाँ बर्षको सास्कृतिक कार्यक्रम डिसेम्बर घज्ञ मा ओसाका र जनवरी १ मा टोकियोमा गर्ने निर्णय भएको छ । त्यस कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय र जनवादी कलाकारको लागि निरन्तर प्रोसेश गरिरहेको र साथमा स्थानीय कलाकार संगै नौमती बाजाको साथमा कार्यक्रम सम्पन्न गर्न लागेको जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटा ९अर्जुन०ले जानकारी दिए ।