Sorry, that menu does not exist.
 

नि:शुल्क स्वास्थ्य शिविर : १ सय २० जना विरामीलाई १ सय ५० हजारको औषधी वितरण !

हरि शर्मा, बागलुङ २०७३ माघ १८ । बानपा —६ भालुमारेमा रहेको ज्योती पुञ्ज प्राविमा एकदिने निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । बिवाइसी, भीएसओ, आइसीएसको आयोजना तथा निलगिरी अस्पतालको सह—आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा १२० भन्दा बढि विरामीहरुको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण गरिएको थियो ।

बानपा ६,७ र ११ वडाका स्थानीयहरुलाइ लक्षित गरी गरिएको उक्त शिविर निलगीरी अस्पतालका बरिष्ठ डाक्टर सुनिल सिलवालको नेतृत्वमा डाक्टरहरु ममता सिलवाल,अस्मिता खड्का, सकुन्तला थापाले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए।

उक्त शिविरमा उरुषा श्रेष्ठ, अर्चना गुरुङ, जुमाना कसुजी, क्लोइ कलिन्सले विशेष स्वंयं सेवकको रुपमा सहयोग गरेका थिए। स्वास्थ्य शिविरको मुख्य समुहको नेतृत्व निभा शाक्य र बेकी रलेइले गरेका थिए ।

निलगिरी अस्पतालका डाक्टर सुनिल सिलवालका अनुसार उक्त शिविरमा विसेषगरी हड्डीको समस्या,ग्यास्ट्रिक, दाँत, दम, स्तन क्यान्सर, पिसाब लगायत अन्य जनरल सम्वन्धि समस्या बढि देखिएको थियो ।


सो शिविरमा पुरुष भन्दा महिला विरामीहरु बढि स्वास्थ्य जाँचका लागि आएको ज्ञानपुञ्ज प्राविका प्रधानाध्यापक यामनारायण आचार्यले बताए । शिविरमा स्वास्थ्य जाँचपछि डेढ लाख रुपैया बरावरको विभिन्न ३९ प्रकारका औषधीहरु निशुल्क वितरण गरिएको थियो भने गरिव र विपन्न परिवारका सदस्यहरु प्रत्यक्ष लाभान्वित भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply