Sorry, that menu does not exist.
 

साताको तस्वीर : आहा, जैमिनी !

शव्द/चित्र : विजय राना, बागलुङ २०७४ मंसिर १५ । बागलुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिका अहिले पनि पिछडिएको मानिन्छ । धेरैको नजरमा जैमिनी नगर पालिकामा अहिले पनि विकास हुन सकेन/भएन भनेर दुखेसो गर्नेहरु थुप्रैछन् । आशा र सम्भावनाका खोजि गर्नेहरु भन्दा पनि ज्यादा ‘छ्या’ भन्नेहरुको जमात छ ठूलो त्यहाँ । त्यही कारण नै एक दृष्टिमा अहिले सम्म जैमिनीमा विकास हुन सकेन ।

विकास र सुन्दरता देख्नको लागि दृष्टिकोणको महत्वपूर्ण भुमिका हुन्छ । पछिल्लो समय विकासलाई हेर्ने दृष्टिकोण मानव निर्मित ठूला–ठूला भवन हुन् । ठूला–ठूला पुल कै कारण विकास हुन्छ र चिल्ला सडक र ती सडकमा हुइकिने चिल्ला कारकै कारण विकास हुन्छ र ती गर्नु नै विकास निर्माणका कार्य हुन् भन्ने छ । त्यो एउटा पाटोलाई पनि अस्विकार गर्न सकिदैन । तर विकास देख्नको लागि सैयौँ पाटाहरु छन् । जुन मानव निर्मित ठूला भवन, चिल्ला कालोपत्रे सडक, चिल्ला कार भन्दा हजारौँ गुना सुन्दर हुन्छन् मात्र त्यसलाई हाम्रा दृष्टिले चर्न सक्नु पर्छ । अनुभुति गर्न सक्नु पर्छ, त्यस्तै सुन्दर छ बागलुङको जैमिनी नगर पालिका पनि । हेरौँ अहिले सम्म ‘छ्या’ भनिएका तर ‘आहा !’को अवस्थामा रहेका जैमिनी नगरका केही तस्विरहरु :

१) बागलुङ बजार देखि जैमिनी नगर जानेबाटोमा पर्ने दम्काको हरियाली फाँट

२) जैमिनी नगर पालिका वडा न. ५ बिनामारेको भिरबाट देखिएको कालिगण्डगी करिडोर

३)जैदीबाट देखिएको कालिगण्डगी र हिमश्रखलाहरु

४) जैमिनी नगर जाने बाटो

५)जैदी, राङखानी, अर्जेवा, सर्कुवा र छिस्तिको बिच भागमा रहेको थन्थाप माइको मन्दिर

६) राङखानीमा रहेको हाँडिकोट

७) राङखानी डाँडाखानीबाट देखिएको एक मनोरम दृश्य ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply