कमल पौडेल, गुल्मी २०७४ मंसिर २१ । आज भएको दोश्रो चरणको निर्वाचनमा गुल्मी जिल्लामा कुल ७१ प्रतिशत मतदाताले आफनो मताधिकारको प्रयोग गरेका छन् । पूरा जिल्लाभर मतदान शान्तिपूर्ण सम्पन्न भएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका वामी टक्सारको मतदान केन्द्रमा ६८.०८ प्रतिशत मतदान भएको छ । स्थानीय महेन्द्र माबि केन्द्रमा जम्मा २३०६ मतदाता रहेको मा १५७० मतदाताले मतदान गरेका थिए ।
आज विहान पानी परेकोले मतदान ७ बजे सुरु नभै केहि समय पछी सुरु भएको थियो । यस मतदान केन्द्रमा ९६ वर्षिय मतदाताले पहिलो मत खसालेका थिए ।