कमल पौडेल/किरण आचार्य, बागलुङ, २०७४ मंसिर २२ । बागलुङ जिल्लाको मतगणना जारी छ । मतगणनाको पछिल्लो रुझानलाई हेर्दा बागलुङ जिल्लका दुबै प्रतिनिधी तथा चार प्रदेश सभा सदस्यमा बामगठबन्धनका उम्मेदवारहरु विजयी हुने निश्चित प्राय: देखिएको छ ।
जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधी सभा सदस्यमा काँग्रेस उमेदवार चम्पादेवी खड्का पछिल्लो मत परिणामले बाम गठबन्धनका सूर्य पाठक भन्दा १०,७२० मतले पछाडी रहेको देखाएको छ । पाठकले पछिल्लो मत परिणाम अनुसार २७,७०५ मत प्राप्त गरेका छन भने खड्काले १६,९८५ मत प्राप्त गरेकी छिन् ।
यसैगरी क्षेत्र नं २ मा बामगठबन्धनका देवेन्द्र पौडेलले पछिल्लो मतपरिणाम अनुसार १०,००१ मत प्राप्त गरेर प्रतिव्दन्दी काँग्रेसका नरबहादुर पुन निरजलाई २५३७ मतले उछिनेका छन् । निरजले ७४६४ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा तर्फ १ क मा बामगठबन्धनका इन्द्रलाल सपकोटा १०,३१६, नेकाका दीपेन्द्र थापा ७०३३ मत तथा ख मा नेकाका प्रकाश शर्मा पौडेलले ४२२० मत बामगठबन्धनका कृष्ण थापाले ५६५७ प्रदेश सभा २ को क तर्फ नेपाली काँग्रेसका मन्जेश मल्लले ४४५० माओवादी केन्द्रका चन्द्र बुढा सागरले ४९९८ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा २ को ख तर्फ काँग्रेसका जित बहादुर शेरचनले ४०६७ मत प्राप्त गरेका छन् भने बामगठबन्धका टेकबहादुर घर्तीले ६५५३ मत प्राप्त गरेका छन् ।
पछिल्लो अपडेट
प्रतिनिधी सभा १
बामका सूर्य पाठक २७,७०५
काँग्रेसका चम्पा खड्का १६,९८५
प्रतिनिधी सभा २
बामका देवेन्द्र पौडेल १८,०५३
काँग्रसका नरबहादुर पुन १२,७५०
प्रदेश सभा १ क
बामका ईन्द्रलाल सापकोटा ८,७९८
काँग्रसका दीपेन्द्र थापा ५,९७३
प्रदेश सभा १ ख
बामका कृष्ण थापा १०,६४९
काँग्रेसका प्रकाश पौडेल ७,०१९
प्रदेश सभा २ क
बामका चन्द्र बुढा ८,५७८
काँग्रेसका मन्जेश मल्ल ६,९५६
प्रदेश सभा २ ख
बामका टेक बहादुर घर्ती १०,२०४
काँग्रेसका जीत शेरचन ७,१९९
..