केशव विक मुस्ताङ २०७४ मंसिर २२ । मंसिर २१ गते साँझ देखि सुरु भएको मत गणनाको अन्तिम नतिजा पश्चात मुस्ताङको सदरमुकाम जोमसोममा शुक्रवार विजय उत्सव मनाउन जनसागर उर्लिएको छ ।
मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा विजयी भएका बाम गठबन्धनका उम्मेदवार समर्थक यवं पार्टी कार्यकर्ताहरु विजय उत्सव मनाउन शुक्रवार जोमसोममा जम्मा भएका हुन् ।
ठुलो संख्यामा उपस्थित जिल्लाको पाँच वटै गाउँपालिकाका स्थानिय पार्टी कार्यकर्ताहरुको मुस्ताङ जिल्ला लालकिल्ला, बाम गठबन्धन जिन्दावाद, यो जित कस्को जनताको लगायतका नाराले जोमसोम बजार घन्किएको थियो ।
उक्त -यालीले जिल्ला सदरमुकाम जोमसोम, मार्फा, स्याङ लगायतका ठाउँ परिक्रमा गरेको छ । विजय -यालीका सहभागीले गीत नाच प्रस्तुत गर्दै खुसीयाली बाँडेका छन् । विजयी उम्मेदवारहरुलाई स्थानियले फूलमाला र खादा द्धारा बधाई तथा सम्मान व्यक्त गरेका थिए ।
मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि सबै बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभामा प्रेम प्रसाद तुलाचन, प्रदेशसभा क मा इन्द्रधारा विष्ट र प्रदेश ख मा महेन्द्र बहादुर थकाली विजयी भएका हुन् ।