Sorry, that menu does not exist.
 

पर्वतमा बामगठबन्धनको अग्रता कायमै, गिरी, जोशीको भन्दा ३८५२ मतले अगाडी !

महेन्द्र केसी, पर्वत २०७४ मंसिर २३ । पर्वत जिल्लाको पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनले अग्रता कायम गरेको छ ।

प्राप्त मत परिमाण अनुसार प्रतिनिधि सभा सदस्यका उमेदवार एमालेका पदम गिरीले १४१६८ मत प्राप्त गरेका छन भने उनका प्रतिव्दन्दी नेपाली काँग्रेसका अर्जुन जोशीले १०३१६ मत प्राप्त गरेका छन् ।

पर्वत जिल्लाको क प्रदेशसभा सदस्यमा माओवादी नेत्र अधिकारीले ६२७७ मत प्राप्त गरी निकटत प्रतिव्दन्दी काँग्रेसका नवराज गुरुङ भन्दा ४५० बढी मतले अग्रता कायम गरेका छन् ।

यस्तै ख प्रदेश सभा सदस्यमा एमालेका विकास लम्सालले ५८८४ मत प्राप्त गरेका छन् । यो नेपाली काँग्रेसका राजेन्द्र तिवारीको भन्दा २०० मतले बढी हो ।

***
पर्वतको ताजा अपडेट
प्रतिनिधिसभा
पदम गिरी एमाले –१५८१३
अर्जुन प्रसाद जोशी,काँग्रेस–११४३६
***
प्रदेशसभा (क)
नेत्रनाथ अधिकारी (बामगठबन्धन/माओवादी केन्द्र)– ६९०५
नवराज गुरुङ (नेपाली काँग्रेस)–६४२१

प्रदेशसभा (ख)
विकास लम्साल (बाम गठबन्धन/नेकपा एमाले) – ६५४३
राजेन्द्र तिवारी (नेपाली काँग्रेस) –६१८६

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply