बुर्तिवाङ २०७३ माघ १९ । अमेरिकाको भर्जिनियामा आइटिएफ तेक्वान्दो स्पेशल ट्रेनिङ लिन जाने आइटिएफ तेक्वान्दोका प्रशिक्षक बागलुङ अधिकारीचौरका घम थापामगरलाई आज विदाई गरिएको छ । प्रशिक्षक थापामगर आगामी सोमबार आमेरिका तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
मगरलाई काठमाण्डौ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्ट र नेपाल मार्शल आर्ट गेम्स कमिटीका अध्यक्ष प्रविन कुमार कार्कीले प्रशिक्षक थापामगरलाई विदाई गरेका हुन ।
सो अवसरमा सदस्यसचिव विष्टले नेपालको लागि खेलकुदमा उज्वल भविष्य निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण लिएर आउन शुभकामना दिएका थिए ।
प्रशिक्षक थापामगरले भर्जि्नियामा आगामी माघ २४ गते देखि चैत्र २३ गते सम्म एक महिना तेक्वान्दोका आधुनिक कला सम्बन्धि प्रशिक्षण लिनेछन् । हाल अमेरिकामा रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका पुर्व अध्यक्ष कृष्ण बहादुर बलालसँग पनि प्रशिक्षण लिने कार्यक्रम रहेको छ ।
भर्जिनियाँमा रहेको अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो प्रशिक्षण केन्द्रमा विशेष प्रशिक्षण लिने प्रशिक्षक थापामगरले बताए । त्यसपश्चात स्पोट्र्स साइन्सको आधारभुत अध्ययनका लागि क्यानडा प्रस्थान गर्ने कार्यक्रम रहेको उनको भनाई थियो ।
विदाई कार्यक्रमको अवसरमा राखेप सदस्यसचिव विष्टले प्रशिक्षक थापामगरलाई सम्मानपत्रद्वारा सम्मान समेत गरेका थिए ।
नेपालको विकट क्षेत्र बागलुङको बुर्तिबाङमा तेक्वान्दो खेल विकासका लागि पु¥याएको योगदान कदर स्वरुप सम्मान गरिएको मार्शल आर्ट गेम्स कमिटीका अध्यक्ष कार्कीले बताए ।