Sorry, that menu does not exist.
 

रानीपानी महायज्ञको चौथो दिन करिब पौने २ करोड रकम सङ्कलन !

माधब पराजुली, पर्वत २०७३ माघ १९ । पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालित एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञको चौथो दिन करिब पौने २ करोड रकम सङकलन भएको छ ।

नेपाल तारा मा.बि.मा स्नातकतह सञ्चालन गर्ने र प्राबिधिक विषयको पठनपाठन लाई थप स्तरउन्नती गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले शनिवार बाट शुरु भएको महोत्सव तथा महायज्ञमा बुधबार उक्त रकम सङकलन भएको हो ।

महायज्ञको चौथो दिन आज बराचौर ६ निवासी होमनाथ पराजुलीले १ लाख २२ हजार २२२,रानीपानी ३ निवासी हेम कु.पराजुली १ लाख १ हजार १११,सोही गाबिस ४ निवासी बालिका पराजुलीले १ लाख ५१ हजार १११,साही निवासी यज्ञ प्रसाद,तेज,सुर्य अर्जुन पराजुलीले १ लाख १ हजार १११,सोही गाबिस वडा नं.९ निवासी काशीराम पराजुलीले १ लाख १ हजार,बराचौर ९ निवासी शिवलाल गिरीबाट रु.१ लाख १ सय ५१ रुपैँया,रानिपानी निवासी कमला कुवँरबाट १ लाख १०१ प्राप्त भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष नमराज पराजुलीले जानकारी दिए ।

त्यस्तै बराचौर गाबिसका मोतीलाल पौडेल,सोमनाथ पौडेल,मैना नेपाली र रानीपानी गाबिसक्ी बसुन्धरा पराजुली,जमुना कुवँर, हिमलाल नगरकोटी लगाएतले ५० हजार भन्दा बढी सहयोग गरेको उनले बताए ।

दान दिनेहरूले आर्थिक तथा अन्नसमेत दान दिएका थिए । सङकलित रकमको समयमैं सदुपयोग गरी बिहादी बहुमुखी क्याम्पस स्थापना गरी प्राबिधिक विषयको पठनपाठन लाई थप व्यवस्थीत सगैँ विद्यालयको भौतिक, शैक्षिक सुधार मा खर्च गरिने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष होमनाथ पराजुलीले बताए ।

सात दिनसम्म संचालन हुने महायज्ञमा वाचन शिरोमणि दीनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply