Sorry, that menu does not exist.
 

समग्र विकासका लागि सहकारी अपरिहार्य – नेफ्स्कून सञ्चालक पौडेल (फोटो फिचर)

सुमन जि.सी., गोरखा २०७४ पुष २ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले व्यक्ति, समुदाय, र राष्ट्रको समग्र विकासका लागि सहकारी अपरिहार्य रहेको बताउनु भएको छ ।

सितला साकोस आरुघाट ८ गोरखाको १८ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्ने क्रममा प्रमुख अतीथि पौडेलले उक्त कुरा बताएका हुन । नेफ्स्कून फिल्ड कार्यालय लमजुङका संयोजक समेत रहनुभएका पौडेलले सहकारी मात्र एउटा यस्तो पद्धती हो जसमा समाजका हरेक व्यक्तिहरुको पहुँच पुग्छ र उनीहरुनै समाहीत भई समुदायको आर्थिक, सामाजिक र सास्कृति विकासमा भूमिका खेल्न सक्ने कुरा व्यक्त गर्नुभएको थियो ।

फरक प्रसंगमा पौडेलले सहकारी ऐन २०७४ पारीत भएतापनी देश संघिय संरचनामा गईसकोको र भर्खर मात्र प्रदेश तथा प्रतिनीधि सभाको निर्वाचन सम्पन्न भएकाले वर्तमान अवस्थामा सहकारी संस्थाहरुका लागि राज्यको स्पष्ट नीति नहुनुले अन्योलता भईरहेको बताउनु भएको थियो । कार्यक्रममा विशिष्ट अतीथि पूर्णवहादुर दहाल,आरुघाट गा.पा. वडा नं. ८ का अध्यक्ष मुरलीप्रसाद खनाल, सप्तकोसी साकोसका उपाध्यक्ष हरिप्रसाद भट्ट, प्र.अ. लालप्रसाद खानाल लगाएतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणी, उत्कृष्ठ विद्यार्थि लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाको तर्फवाट आ.व. ०७३।०७४ को प्रगती प्रतिवेदन र आ.व. ०७४।०७५ को प्रस्तावित नीति तथा कार्यक्रम सचिव ईन्द्रहरी खनाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ठाकुर पौडेलले प्रस्तुत गरेका थिए । संस्थाको आ.व. ०७३।०७४ सम्ममा ४ करोड २४ लाख बराबरको सम्पत्ती रहेको कोषाध्यक्ष पौडेलले बताउनु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्षको अध्यक्षता, उपाध्यक्ष विष्णुप्रसाद रेग्मीको स्वागत र संस्थाका सचिव ईन्द्रहरी खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फोटो फिचर:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply