Sorry, that menu does not exist.
 

विदेशीको उक्साहटमा लागेर काग्रेस सत्ता छोड्न आनाकानी गरेको माओवादी सांसद सागरको आरोप !

कमल पौडेल, बागलुङ २०७४ पुष ३ । बागलुङ क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क का सांसद तथा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य चन्द्र वहादुर वुढा सागरले नेपालका केहि तत्वलाई विदेशी शक्तिले उचालेको आरोप लगाउँदै राष्ट्रिय स्वाधिनताको लागी सम्पूर्ण वामपन्थी एकजुट हुनुपर्ने वताउनु भएको छ।

विजय -याली तथा सभालाई खर्वाङमा सम्बोधन गर्दै सागरले विदेशीको उक्साहटमा काँग्रेसले सत्ता छोड्न आनाकानी गरेको आरोप लगाउँदै तत्काल सत्ता हस्तान्तरणको माग गर्नुभएको छ।

सागरले निर्वाचनको वेला गरिएका प्रतिवद्धता सवै पुरा गरेर छोड्ने पुन प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

त्यस्तै आजै तुन्डाडामा भएको सभालाई सम्वोधन गर्दै सागरले राष्ट्रिय जनमोर्चा संग पनि छलफल भैरहेको वताउँदै अन्य दलसँग पनि छलफल र पार्टि एकता गर्दै शक्तिसाली कम्यूनिष्ट पार्टि निर्माण गर्दै सुसान र सम्वृद्धिको वाटोमा लाग्न थालेको वताउनु भएको छ। स्थानिय मोटरवाटोको स्तरउन्नती, शिक्षा, स्वास्थ्य, कृषि लगाएतका जनताका आधारभुत आवश्यकताहरुको पहिचान गरि व्यवस्थित रुपमा समस्या समधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। देशको विकासको लागी नागरिकहरुमा सकारात्मक जागरुकताको खाँचो औंल्याउँदै सागरले केन्द्र, प्रदेश र स्थानिय सरकारको समन्वयमा सम्वृद्धि हासिल गरिने वताउनु भएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष तथा नेकपा एमाले बागलुङ जिल्ला कमिटि उपसचिव विष्णु भुसाल, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजा, निर्वाचन परिचालन क्षेत्रिय कमिटिका संयोजक ग्यामनाथ गैरे लगाएतको सहभागिता रहेको थियो। खर्वाङको कार्यक्रम निर्वाचन परिचालन वडा समितिका संयोजक ढालेन्द्र शेरचनको अध्यक्षता, नेकपा एमाले वडिगाड संयोजक तथा जिल्ला कमिटि सचिवालय सदस्य शान्ति अधिकारीको स्वागत मन्तव्य तथा गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तथा एमाले जिल्ला सदस्य डम्वर श्रीसको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै तुन्डाडामा भएको कार्यक्रम नेकपा एमालेका वडा संगठन कमिटि अध्यक्ष रेम वहादुर भुजेलको अध्यक्षता, वडिगाड गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष वोम वहादुर थापाको स्वागत मन्तव्य तथा अखिल छैठौंका केन्द्रिय महासचिव भिमलाल पोखरेलको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै आजै गल्कोट नगरपालिका वडा नं. ११ को रिघा फेंदीमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विजयी प्रदेश सांसद चन्द्र वहादुर वुढा सागर, जिल्ला समन्वय समितिका उपाध्यक्ष विष्णु भुसाल, वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीस लगाएत एमाले, माओवादी तथा जनमोर्चाका नेताहरुको सहभागिता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply