डम्मर बुढा मगर, बागलुङ २०७४ पुष ६ । चिसो मौसम बढेसँगै धौलागिरी अञ्चल अस्पताल बागलुङमा ज्वरो र रुघाखोकीका बिरामीहरुको भिड लाग्न थालेको छ ।
चिसो मौसममा लुवाइ खुवाईमा ध्यान नदिँदा चिसोको बिरामी बढेको धौलागिरी अञ्चल अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले जानकारी दिए ।
यो समयमा विभिन्न किसिमको कामहरु गर्दा र यताउता हिँडडुल गर्दा न्यानो कपडा लागाउन, पौष्टिक खानेकुराहरु खान, नियमित स्वास्थ्य परिक्षण गराउन र सरसफाईमा ध्यान दिन खनालले आग्रह गरे ।
विशेषगरी साना बालबालिका र बृद्धाबृदालाई छिटो बिरामी बनाउने हुनाले उनीहरुलाई चिसोबाट टाढा राख्न समेत उनले आग्रह गरे ।
अहिले अस्पतालमा दैनिक १ सय ५० देखि २ सय सम्म बिरामी आउने गरेको मा आधा भन्दा बढी बिरामी रुघाखोकी र ज्वरोको बिरामी रहेको अस्पतालले जनाएको छ ।