तालीमको सम्पुर्ण आर्थिक भार नगरपालीकाले ब्यहोर्ने नगर प्रमुख नेपालीको घोषणा !
झरना कडेल, बुर्तिबाङ २०७४ पुष ६ । बुर्तिबाङ महिला समन्वय समितीद्धारा सञ्चालित सिलाई कटाई तालिमलाई ढोरपाटन नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । यस अघि बुर्तिबाङ महिला सम्न्वय समितीले असौज २ गते बाट सञ्चालन गरेको ३ महिने सीलाई कटाई तालीम आज सम्म मात्रै सञ्चालन गर्ने भनिएको र आज समापन कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रमका अबसरमा प्रमुख अतिथीका रुपमा बोल्दै ढोरपाटन नगरपालीकाका नगर प्रमुख देबकुमार नेपालीले यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै सो तालीमको सम्पुर्ण आर्थिक भार नगरपालीकाले ब्यहोर्ने घोषणा गरेपछि भोलीबाट पुनः यथावत रुपमा तालिम सुचारु हुने भएको छ ।
गरीब तथा बिपन्न महिलाहरुले सीलाईकटाई लाई नै पेशा बनाएर गर्दै गर्दा पनि आर्थीक स्थीती उकास्न नसकेको खण्डमा तथा समस्या परेको खण्डमा उहाँले बिना धीतो रिणको बयाबस्था गरीदिने समेत प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले बिगतका दिनदेखीनै महिलाको हितका लागी काम गरीरहेको बताउदैँ, नगरपालीकाले महिलाहरको लागी सचेतनामुलक तथा स्वाबलम्बी बनाउने खालको कार्यक्रम गरोस भनेर नगरपालीकाले केहि रकम छ्ुयाएको बताउदै सो रकमको सहि सदुपयोग गर्न बुर्तिबाङ महिला समन्वय समितीलाई आग्रह गर्नुभएको छ । साथै उहाँले आगामी दिनहरुमा पनि महिलाहरुको हक हितका लागी आवश्यक भौतीक तथा आर्थिक सहयोग गर्न आफु तथा नगरपालीकाको तर्फबाट तत्पर रहने बताउनुभएको छ ।
प्रशिक्षार्थीहरु हर्षित भै नगर प्रमुखलाई धन्यबाद दिँदै अब चल्ने तालीममा सहभागी भै नगरप्रमुखले भनेझैँ आफुहरुले यसैलाई पेशा बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।
आज सम्मको तालीम साबिकको गाउँ बिकास समीतीको कार्यालयबाट छुट्याईएको रकम मध्यको ५ लाख ९२ हजार लागतमा भएको समितीकी सचिब दीलमायाँ पौबिले बताउनुभएको छ ।
समितीले यसै तालीमको उद्घाटनको दिन अर्थात असौज ०२ गते ,ढोरपाटन नगरपालीका को ९ बटा वडामा २५ बटा स्ट्रेचर समेत बितरण गरेको बताइएको छ । तालीममा ¥याले देखी लीएर फट्टु, चोलो , कुर्ता सलवार , ड्रेसका कपडा लगायत सिलाउन सीकाईएको प्रशीक्षक बाल कुमार परियारले बताउनुभएको छ ।
सो अबसरमा समितीकी सदस्य कमला अर्याल, बुर्तिबाङ महिला बचत तथा ऋिण सहकारी संस्थाकी अध्यक्ष रत्नाकुमारी शेरचन , प्रशिक्षार्थी खीमा बुढा मगर लगायतले आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो अबसरमा बोल्दै उहाँहरुले यसतालीममा सीकेका कुरालाई मनन गर्दै ब्याबहारमा उतार्दै लैजानुपर्ने बताउदैँ महिलाहरु आफैमा स्वरोजगार बन्नुपर्ने बताउनुभएको थियो । साथै उहाँहरुले , महिलाले आयोजना गरेको कार्यक्रममा पुरुषहरुको उपस्थिती न्युन रहेकोप्रति दुख ब्यक्त गर्दै पुरुषहरुले आफुहरुलाई सम्मान तथा सहयोग गरेमा आफुहरुले जस्तोसुकै समस्यालाई पनि चिर्दै आफुहरु स्वाबलमबी तथा बलीयो बन्न सक्ने धारणा ब्यक्त गर्नुभएको थियो ।
आज भएको कार्यक्रममा बुर्तिबाङ महिला समन्वय समिती बुर्तिबाङकी संयोजक थुमकला पौडेलको अध्यक्षता ढोरपाटन नगरपालीकाका नगरप्रमुख देबकुमार नेपालीको प्रमुख अतिथ्यता , ढोरपाटन नगरपालीकाका उपप्रमुख करमति पुनको बिशीष्ट आतिथ्यता , तथा ढोराटन नगरपालीका वडा नं १ का अध्यक्ष चित्र बहादुर भण्डारी , वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्तिमगर ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रहरी सहायक निरीक्षक नारायण शर्मा रेडीयो ढोरपाटनका स्टेसन म्यानेजर छबिलाल पाण्डे रेडीयो परिवर्तनका स्टेसन म्यानेजर राम सुबेदी तथा बुर्तिबाङ महिला समन्वय समितीका सम्पुर्ण सदस्य सीलाईकटाई तालीम लीन आएका २७ जना प्रशिक्षार्थी तथा प्रशिक्षक को समेत उपस्थीती रहेको थियो ।
गरीब, बिपन्न, निराक्षर लगायत सम्पुर्ण महिला हरु आफैमा स्वाबलम्बी तथा स्वरोजगार बनेर आत्मनिर्भर बन्न सकुन भन्ने उद्धेश्यका साथ बुर्तिबाङ महिला सम्न्वय समिती बुर्तिबाङ ले असौज २ गते तालिम सुरु गरेको थियो । समितीकी सदस्य दुर्गादेबी घर्तिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सकितीकी सचिब दिलमायाँ पौबिले गर्नुभएको थियो ।